काठमाडौं। सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको छ ।
बालुवाटारमा आज सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
आजै दिउँसो १ बजेदेखि संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
सरकार विरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि सरकारले संसद अधिवेशन अन्त गरेको घोषणा गरेको आरोप लागेको छ ।
Discussion about this post