हण्डेर्स ग्रुप द्धारा पचालझरनाका अग्निपिडितलाई सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाका अग्निपिडितलाई हण्डेर्स ग्रुप नेपालले राहत सामाग्रि वितरण गरेको छ । संस्थाका धर्म नेपालि द्धारा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल मार्फत ६ जना अग्नि पिडित परिवारलाई ५० हजार बराबरको खाद्यन्न (चामल र दाल),लत्ता कपडाहरु वितरण गरिएको छ ।

गएको चैत्र मसान्तमा आगलागि हुंदा पचालझरना ८ खोलि बजारमा रहेका ६ घरमा आगजनि हुंदा खाद्यन्न,लत्ता कपडा लगाएतका सामानमा क्षति भएको थियो । हण्डेर्स ग्रुपका संचालक धर्म नेपालिका अनुसार केन्द्रमा विपदमा परेका क्षेत्रमा सहयोग गर्दै आएको गु्रपले काठमाडौंमा निशुल्क खाना खुवाउने काम गरिरहेको र देशभरमा उक्त कार्यक्रम गर्दै आएको बताएका छन ।

उनका अनुसार आफुले काठमाडौं लगाएतका क्षेत्रमा बस्दै आएका समुदायबाट सहयोग संकलन गरेर अग्निपिडतिलाई सहयोग गरेको बताएका छन । अग्निपिडितलाई थौरै भएपनि राहत वितरण गरेको मा संस्थालाई पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले धन्यवाद दिनु भएको छ ।

उक्त राहत वितरण कार्यक्रममा पचालझरना गाउँ पालिकाका प्रवक्ता अरुण रोकाया,शिक्षा तथा खेलकुद शाखा प्रमुख नमराज शाही लगाएतको उपस्थिति रहेको थियो ।

यस अघि पचालझरना गाउँ पालिकाले समेत अग्निपिडितलाई राहत सामाग्रि वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित