लुशामा १२ औं राष्ट्रपति रनिङ्गशिल्ड शुरु

7
SHARES
15
VIEWS

कालीकोट । सान्नित्रिवेणि गाउँ पालिकाको लुशामा १२ औं राष्ट्रपति रनिङ्गशिल्ड शुरु भएको छ ।

जिल्ला समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाहीको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश बहादुर शाही को अध्यक्षता तथा प्रदेश खेलकुद समितिका सदस्री सचिब बिस्वामित्र संज्यालको बिशेष आतिथ्यता र नेकपा(माओवादी केन्द्र)कालीकोटका अध्यक्ष धनजित शाही, पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल, सान्नित्रिवेणि गाउँ पालिका अध्यक्ष डम्बर शाही लगाएतका नेताहरुको उपस्थितिमा शुरु भएको बताइएको छ ।

सान्नित्रिवेणि गाउँ पालिका वडा न. १को लुशामा शुरु भएको उक्त राष्ट्रपति रनिङ्गशिल्डमा जिल्लाका ९ वटा स्थानिय तहहरुबाट ९ टिम सहभागि भएका छन । सोमबार उद्घाटन भएको खेलकुदका कार्यक्रम मंगलबार शुरु हुने सान्नित्रिवेणि गाउँ पालिका वडा न. १का वडाअध्यक्ष भरत विकले जानकारी दिनु भएको छ ।

वहाँका अनुसार विगत वर्ष झै यस वर्ष कालीकोट जिल्लामा १२ राष्ट्रपति रनिङ्गशिल्ड मर्यादित र व्यवस्थित हुने विश्वास लिएको बताउदै खेलमैदान देखि अन्य व्यवस्थापनमा कमि हुन नदिन गाउँ पालिका लागि परेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित