विद्यार्थिको शिक्षा आर्जन र राजनैतिक गर्ने थलो भने कै विद्यालय हो — मनसिंह शाही

7
SHARES
15
VIEWS

नेकपा (माओवादी केन्द्र)  निकट अनेरास्ववियू (क्रान्तिकारी) कालीकोटले यति वेला जिल्लामा विद्यार्थि जागरण अभियान संचालन गरेको छ । उक्त अभियानका क्रममा जिल्लाका माविहरुमा संगठन विस्तार तथा विद्यार्थिहरु संग शैक्षिक सुधारका लागि अन्तरक्रिया लगाएतका कार्यक्रम गर्दै आएको छ । त्यसका साथै अखिल  (क्रान्तिकारी)ले आगामी जेष्ठ महिनामा जिल्ला सम्मेलन समेत गर्ने निणर्य गरेको छ । यि यावत विषयमा अखिल(क्रा)कालीकोटका संयोजक मनसिंह शाहीसंग कर्नालि संचारका कार्यकारी सम्पादक रुपेन्द्र ऐडीले लिएको अन्तरवार्ताको सारसंक्षेप :
तपाईलाई हार्दिक स्वागत संगै नमस्कार :
धन्यवाद । मेरो तर्फबाट यस कर्नालि संचारलाई ।
तपाईको मातृ पार्टी नेकपा विभाजन भएपछि संगठनका गतिविधि तिव्र पार्नु भएको छ ? संगठनको आगामी योजना के छ ?
हो हाम्रो पार्टी एक भएका बेलामा अस्तव्यस्त भएको संगठनलाई व्यवस्थित पार्नका लागि अहिले कालीकोटमा संगठनको विस्तारित बैठक बोलाएर विद्यार्थि जागरण अभियान संचालन गरेका छौं ।

आगामी जेष्ठ महिना भित्र हाम्रो संगठनको जिल्ला सम्मेलन गर्ने तयारीमा छौं । विद्यार्थि साथिहरुलाई कार्यविभाजन गरेर संगठनको विभिन्न विद्यालयमा इकाई कमिटि गठन गर्ने काम भइरहेको छ । अधिकांस माविहरुमा संगठन विस्तार गरिसकेका छौं ।

आगामी दिनमा संगठनलाई व्यवस्थित पार्दै शैक्षिक क्षेत्रका हुन गएका गतिविधिहरुलाई सुधार गर्दै गुणस्तरियता प्रदान गर्न संगठन कटिबद्धताका साथ अघि बढ्छ । अखिल(क्रान्तिकारी) भनेको शैक्षिक सुधारका लागि हिजो पनि अग्रसर भएको हो भोलि पनि हुने हो । हरेक खालका असमानाताहरु रहेका छन । अहिलेको केपि ओलि सरकारले संघिय शिक्षा ऐन अघि सार्न दिएको छैन ।

शिक्षामा मोलमोलाई हुने अवस्था भएको छ यसको अन्त नगरीकन कुनै पनि व्यक्तिले शैक्षिक सुधार गर्छु भन्नु मुर्खता हो । त्यसैले शैक्षिक माफियाहरुको हातमा गएको शिक्षा क्षेत्र जनताको हातमा ल्याउनु संगठनको पहिलो काम हुने छ । सडक बाघका रुपमा हिजो अखिल (क्रान्तिकारी) थियो भोलि पनि हुने कुरामा दुई मत छैन ।
हिजो तपाईको अगुवाईमा शिक्षकहरु राजनैतिक दलको कार्यक्रममा आउनु हुन्न भनेर प्रशासनलाई ज्ञापन पत्र दिनु भयो अहिले विद्यालयमा गएर तपाईको संगठनका विद्यार्थिहरुले पढाउने सेतो पार्टीमा झण्डा टांसेर लालसलाम गर्न लगाउनु भएछ । त्यस समाचार बाहिर आउंदा पत्रकारका हात खुट्टा भांचिदिने पो भन्नु भएछ ।त्यो के सहि हो ?
ठिक कुरा उठाउनु भयो । हो हामीले पढाउने समयमा शिक्षक राजनैतिक पार्टीका गतिविधिमा आउनु ठिक होकी होइन ? अनि हामी विद्यार्थिको हितमा काम गर्ने शैक्षिक सुधारका लागि अघि बढ्ने विद्यालयमा संगठन विस्तार गर्न पाउछ की पाउदैन ? के हामीले किसानहरु संग गएर संगठन विस्तार गर्ने ? जाने भनेको विद्यालयमा हो ।

पढाउने समयलाई बाधा नगरेर हामीले संगठनका बारेमा प्रशिक्षण दिएका छौं, संगठनले शैक्षिक क्षेत्रका समस्या समाधानका लागि के गर्नु पर्छ र विद्यालयका समस्याका बारेमा छलफल गरेका छौं । अर्काे कुरा संगठनको फर्मेशन घोषणा गरेरपछि हामिले सपथग्रहणको कार्यक्रम राखेका हुन्छौ । त्यस समयमा संगठनका भाइबहिनिहरुलाई लालसलाम गर्न लगाइएको हो ।


“ रह्यो समाचारको कुरा विद्यालयमा संगठन विस्तार गरेका हामीले हौं । समाचारमा उक्त विद्यालयमा संगठनमा बालबालिका प्रयोग गर्नु भएछ भनेर कुनै प्रतिक्रिया लिएको छ ? छैन हाम्रो संगठन भनेको अनेरास्ववियु(क्रान्तिकारी) हो अनेरास्ववियु भनिएको छ ।एउटा सामान्य विद्यार्थिले पाठ लेखेको जस्तो गरेर लेखिएको छ । संगठनलाई कुनै पनि जानकारी नदिएपछि एक पक्षिय समाचार बाहिर ल्याउने ? पत्रकारिताका आफ्नै खालका मुल्य मान्यता होलान तर कुनै पक्षको समाचार लेख्दा खेरी त्यसका बारेमा सोध्नु पर्छकी पर्दैन । समाचार बाहिर आइसके पछि मात्र शालिन भाषामा मैले आफै सम्झाएको हुं । खण्डन गर्न अनुरोध गरेको हौं तर वहाँले त धम्किको समाचार पो लेख्नु भयो त अनि मैले कडा प्रतिक्रिया दिएको हुं ।”


तिनि विद्यार्थि कक्षा ४र५का होइनन माध्यमिक तहमा अध्ययन गर्ने हुन । रह्यो समाचारको कुरा विद्यालयमा संगठन विस्तार गरेका हामीले हौं । समाचारमा उक्त विद्यालयमा संगठनमा बालबालिका प्रयोग गर्नु भएछ भनेर कुनै प्रतिक्रिया लिएको छ ? छैन हाम्रो संगठन भनेको अनेरास्ववियु(क्रान्तिकारी) हो अनेरास्ववियु भनिएको छ ।

एउटा सामान्य विद्यार्थिले पाठ लेखेको जस्तो गरेर लेखिएको छ । संगठनलाई कुनै पनि जानकारी नदिएपछि एक पक्षिय समाचार बाहिर ल्याउने ? पत्रकारिताका आफ्नै खालका मुल्य मान्यता होलान तर कुनै पक्षको समाचार लेख्दा खेरी त्यसका बारेमा सोध्नु पर्छकी पर्दैन । समाचार बाहिर आइसके पछि मात्र शालिन भाषामा मैले आफै सम्झाएको हुं । खण्डन गर्न अनुरोध गरेको हौं तर वहाँले त धम्किको समाचार पो लेख्नु भयो त अनि मैले कडा प्रतिक्रिया दिएको हुं । हेर्नुहोस त समाचारमा नरहरिनाथ देखि लक्ष्मि प्रसाद देवकोटा सम्म लेखिएको छ तर खोई प्रतिक्रिया लिएको ? त्यसैले समाचारमा सत्यता, विश्वसनियता र तथ्यका आधारमा लेख्नु पर्ने हो देखिएन ।


“पत्रकारीता प्रतिको मेरो कुनै विरोध होइन । पत्रकारले कस्तो लेख्यो भन्ने कुरा हो । यस अघि बाहिर आएको समाचारमा हरेक क्षेत्रमा पत्रकार साथिको कमजोरी छ । फलानो विद्यालयको प्रशासनको कमजोरी औल्याइएको छ तर प्रतिक्रिया लिएको देखिदैन मनगणन्ते रुपमा आफ्ना विचार मात्र पुर्वाग्राही ढंगले प्रस्तुत गरिएका छन । त्यसैले त्यो समाचारका बारेमा संगठनको आधिकारिक कुरा विज्ञप्ति मार्फत बाहिर ल्याइसकेका छौं । वहाँहरुलाई यस मिडियाबाट के भन्न चाहन्छु भने यो गल्ति त गर्नु भयो भयो ? तर आगामी दिनमा यस्ता गल्ति नगर्न अनुरोध गर्दछुु । ”


हामीले सामाजिक संजालमा हालेको फोटालाई आफै नाम लेखिएको छ पत्रकार कति वेला ओदा स्कुलमा पुगेको हो ? त्यसैले मैले एक पक्षिय समाचार प्रशारण गरेकाले सुचना विभागमा उजुरी दिने निणर्य गरेको छु । वहाँले पनि धम्किो दिनु होला तर संगठनको आधिकारिक व्यक्तिलाई कम से कम सोधेको भए अझै समाचारमा मिठाास पन आउन्थ्यो की भन्ने खोजेको मात्र हो ।
अन्तमा के भन्नु हुन्छ ?
विद्यार्थिको शिक्षा आर्जन र राजनैतिक गर्ने थलो भनेको विद्यालय हो । हामीले विद्यालयमा कार्यक्रम गरेका छौं । के हामीले अहिले सम्म कसैले नगरेको काम गरेका छौं र ? त्यसैले समाचार लेख्दा खेरी ध्यान दिनु पर्छ की भन्ने मात्र सुझाव दिन्छु । आफ्ना पक्षका मान्छेले जे गरे पनि बाहिर नल्याउने विपक्षहरुको खोइरो खन्ने कसरी स्वतन्त्र पत्रकारीता भन्ने हो ? पत्रकारीता पेशा मर्यादित पेशा हो । यसलाई मर्यादित बनाउनु पर्छ ।

पत्रकारीता प्रतिको मेरो कुनै विरोध होइन । पत्रकारले कस्तो लेख्यो भन्ने कुरा हो । यस अघि बाहिर आएको समाचारमा हरेक क्षेत्रमा पत्रकार साथिको कमजोरी छ । फलानो विद्यालयको प्रशासनको कमजोरी औल्याइएको छ तर प्रतिक्रिया लिएको देखिदैन मनगणन्ते रुपमा आफ्ना विचार मात्र पुर्वाग्राही ढंगले प्रस्तुत गरिएका छन ।

त्यसैले त्यो समाचारका बारेमा संगठनको आधिकारिक कुरा विज्ञप्ति मार्फत बाहिर ल्याइसकेका छौं । वहाँहरुलाई यस मिडियाबाट के भन्न चाहन्छु भने यो गल्ति त गर्नु भयो भयो ? तर आगामी दिनमा यस्ता गल्ति नगर्न अनुरोध गर्दछुु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित