माधव नेपालले प्रधानमन्त्री ओली झस्किने प्रस्ताव गरे पछि

7
SHARES
15
VIEWS

काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच होटल मेरियटमा बिहीबार भएको वार्तामा नेता नेपालले पुस ५ गतेपछि ओलीलाई सघाउने तत्कालीन माओवादी र एमालेका नेताहरुलाई हटाउनु पर्ने प्रस्ताव गरेपछि अध्यक्ष ओली झस्केका छन् ।

सर्वोच्चको फैसलाले एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किएपछि माओवादीतिर लागेका नेपाल पक्ष एमालेमा फर्केका थिए ।

त्यसबेला तत्कालीन माओवादीका नेता रामबहादुर थापा, बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साहलगायतका नेताहरु ओलीकै नेतृत्वमा परिवर्तन संभव भएको निश्कर्षसहित सांसद पद त्यागेर एमालेमै रहने घोषणा गरे ।

त्यसपछि प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकले उनीहरुलाई एमालेको केन्द्रीय सदस्यमा मनोनित गर्यो ।

बिहीबारको वार्तामा बादलसहितका नेताहरुलाई हटाएर पूर्ववत एमालेको बैठक बोलाउनुपर्ने नेपालले प्रस्ताव राखेपछि ओली झस्किएका हुन् ।
यसरी हेर्दा नेता नेपालले माओवादी अध्यक्ष प्रचण्डलाई सहज हुने खालको रणनीति अपनाएको बुझिएको छ । यद्यपि त्यो प्रस्तावलाई ओलीले अस्वीकार गरेका छन् ।

आजको बैठकमा २०७५ जेठ २ गतेकै अवस्थाको एमालेको बैठक बोलाउनुपर्ने नेपालको प्रस्ताव थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित