कालीकोट । लघुजलविद्युतमा कर्नालि प्रदेश सरकारले कालीकोटमा अहिले सम्मको ठुलो बजेट विनियोजन गरेको छ ।
भर्खरै बाहिर ल्याएको बजेटमा कालीकेट जिल्लाका विभिन्न स्थानिय तहमा १० करोड ३० लाख बजेट विनियोजन गरेको हो ।
कालीकोटका लघुजलविद्युतमा विभिन्न स्थानिय तह मध्ये सबै भन्दा बढि वजेट महावै गाउँ पालिकामा २ करोड १० लाख,तलागुफा नगरपालिकामा १ करोड ५५ लाख,शुभकालिकामा एक करोड ४५ लाख,नरहरिनाथ गाउँ पालिकामा एक करोड १० लाख,सान्नित्रिवेणि गाउँ पालिकामा ९५ लाख,पचालझरना र खांडाचक्रममा ८०।८० लाख,रास्कोटमा ४० लाख गरेर १० करोड ३० लाख अख्तियारी सहित पठाइएको बताइएको छ ।
उक्त रकम केही स्थानिय तह र केहीलाई जिल्ला खानेपानि तथा उर्जा इकाइ कार्यालय मार्फत भुक्तानिको लागि अख्तियारी पठाइएको कर्नालि प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
Discussion about this post