कालीकोट । जिल्लाको सान्नित्रीबेणिका एक कृषकले गरेको फलफुल खेतिले आत्मनिर्भर भएका छ्न । सान्नित्रीबेणी ६ का नमराज भट्टराईले १७ वर्ष अघि धान/गहुँ फल्ने बुढगाउ खेतमा गरेको फलफुल खेतिले मनग्य आम्दानी लिन सफल भएका छ्न ।९ सय बर्गमिटर क्षेत्रफलमा सुन्तला, अनार,ओखर,किबि खेती गरेका भट्टराईले नर्सरीको काम समेत गर्दै आएका छ्न ।
शुरु शुरुमा खेतका बिचमा खाल्डो खनेको देख्दा छिमेकिले फरक नजरले हेरेको भने पनि अहिले भने आफू सङ्गै फलफुल खेती गर्न थालेका हुन । आफुलाइ शुरूवातमा बुवाले समेत गाली दिएको स्मरण गर्दै पछि सफलता हासिल गर्दा सबैले सहि बाटो रोजेको प्रती धन्यवाद दिन थालेको बताए । आफुलाइ अहिले विभिन्न निकायबाट सहयोग प्राप्त गरेको समेत बताए ।
कृषि बिकास कार्यलय, सान्नित्रीबेणी गाउँ पालिकाको कृषि शाखा बाट समेत सहयोग पाएको र कर्नाली प्रदेश सरकारको मुख्यमन्त्री प्रोत्साहन पुरुस्कार समेत पाएको बताए । आफुले बर्सेनि ५ लाख आम्दानी लिने गरेको बताउदै उक्त रकम बाट छोराछोरीको पढाइ देखि अन्य खर्च ब्यबस्थापन साथै सुर्खेत र सान्नित्रीबेणी गाउँ पालिका केन्द्र मेहल्मुडिमा घडेरी समेत जोड्न सफल भएको छु ।
अहिले ओखरका ५ सय बिरुवा गाउलेलाई समेत लगाउन तयारी गरेको बताउने भट्टराईले सितभण्डारका लागि पहल गरीदिन अनुरोध गरेका छ्न ।
अहिले बुढगाउ पोरिवन लगाएतका आसपासका कृषकले ओखर,अनार,सुन्तला, किबि खेती समेत गर्न थालेका छ्न ।
Discussion about this post