कालीकोट । पचालझरना गाउँ पालिकाले क्यान्सर पिडित भोटे तिरुवालाई एक लाख सहयोग गर्ने भएको छ ।
पचालझरना गाउँ पालिकाको निणर्य अनुसार पचालझरना २ धमालि निवासि भोटे तिरुवालाई एक लाख दिने निर्णय गरेको हो । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालका अनुसार उपचार अभावमा काठमाडौंमा रहेका भोटे तिरुवालाई एक लाख दिने निणर्य भएको बताउनु भएको हो ।
यस अघि उपचारका लागि पचालझरना गाउँ पालिका अध्यक्ष सेजुवालले २० हजार सहयोग गर्नु भएको थियो भने उनको पत्नि तथा महिला नेतृ अल्किना बम(वविता)ले ५ हजार एक सय,नेकपा(माओवादी केन्द्र)का नेता जगत शाही(शिखर)ले ५ हजार, पचालझरना २ निवासि राष्टपति बम(राजिव)ले २० हजार सहयोग भएको थियो भने छोराको जन्मदिनको अवसरमा पचालझरना गाउँ पालिका स्वस्थ्य शाखा प्रमुख विरेन्द्र संज्यालले १० हजार र अन्य विभिन्न निकायबाट सहयोग भएको थियो ।
क्यान्सर पिडित तिरुवाको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
Discussion about this post