कालीकोट । कोरोनाको ब्यापक मात्र बढेपछी सचेतनाका लागि कालीकोटको मान्म बजारमा सचेतना अभियान संचालन गरिएको छ ।
जिल्ला कोभिड संकट ब्याबस्थापन समिती (डिसियामसिसी) कालीकोट र खाडाचक्र नगरपालिकाको सयुक्त आयोजनामा सचेतना अभियान शुरु गरिएको हो ।
कालीकोटका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख डिएसपि ,नेपाली सेना,जिल्ला स्वास्थ्य कार्यलय कालीकोट,खाडाचक्र नगर प्रमुख,स्वास्थ्य शाखाका प्रतिनिधिहरुको सहभागितामा उक्त अभियान संचालन गरिएको बताइएको छ ।
स्वास्थ्य शाखा कालीकोटका प्रमुख रबिन्द्र सेजुवालका अनुसार मंगलबार बजारमा आवत जावत गर्दा अनिवार्य मास्क लगाउनु पर्ने बताउनु भएको छ ।
पछिल्लो समय कालीकोटमा जिल्ला अस्पतालमा १ जना स्वास्थ्यकर्मी,खाडाचक्र नपाको रेङ्गिल लगाएतका ठाउँमा १५ जनामा कोरोना देखिएपछी उच्च सतर्कता अपनाउन थालिएको छ ।
Discussion about this post