पोतमारा जलविद्युतको काम गर्ने सम्झौता टुंगियो अव के होला ?

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको एक मात्र जलविद्युत आयोजना गएको भाद्रमा बाढिका कारण भत्किएको पोतमारा जलविद्युत आयोजनाको ठेकेदारले काम अन्तिम चरणमा पुगिसक्दा पनि रकम नपाएको गुनासो गरेका छन ।

भैरव नरायाण जेभिका प्रोप्राइटर रहेको सान्नित्रिवेणि ५का खेमराज बमले उक्त कुरा बताएका हुन । पौष १४ गते भएको सम्झौता अनुसार बैशाख १४मा म्याद समाप्त भएको तर रकमको नाममा पेश्कि समेत नपाएको बताए । आफुले ऋण सापट गरेर काम चलाएको छु काम ९० प्रतिशत सम्पन्न भएकाले कामदारले रकम नपाएको घर खर्चका लागि ऋण सापटी गरेर आफुले व्यवस्थापन गरेको बताए ।

आफुले कसरी काम गर्ने सम्झौता अवधि समाप्त भएको छ । पेश्कि पाएका छैनौ । उनले गुनासो गरे, आफुले स्टामेट भन्दा पनि मजदुत बनाउने काममा लागि परेको दावि गर्दै म्याद थपिए पछि कामको शुरु गर्ने बताएका छन । उनले मुहानका कामका लागि डोजरले व्यवस्थापन गरेको छु अहिले उपभोक्ता समिति मार्फत काम गर्ने सुनेको छु । सो काम समेत दिनु पर्ने बताए ।

कुल बजेटमा ४६ प्रतिशत अर्थात १ करोड ३१ लाखमा बमले जिम्मा लिएका थिए ।उनले समयमै सम्पन्न गर्नका लागि आर्थिक अभाव र सडकको समस्याले गर्दा ढिलो हुन गएको बताएका छन ।
जिल्ला जलविद्युत आयोजना वितरण केन्द्र कालीकोटका प्रमुख मेघराज जैसीले म्याद थपेर काम अघि बढ्ने बताएका छन । उनले कर्नालि संचारलाई भने ठेकेदार बमले नहरको जालि मिलाउने काम गर्दै हुनुहुन्छ ।

प्राविधिक कारणले पेश्कि दिन नसकिएको बताउदै अब एक मुष्ट रकम उपलब्ध गर्ने बताएका छन । कालीकोटमा जलविद्युतको काम भइरहेका कारण उज्यालोका लागि खांडाचक्र नगरपालिकाको ताडीमा डिजेल प्लान्ट मार्फत विद्युत संचालन गरिएको छ । दैनिक दुई घण्टा कालीकोटका समुदायहरुले उज्यालो पाइरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित