संसारकै पुरानो ह्विस्की बिक्रीमा

7
SHARES
15
VIEWS

क्यालिफोर्निया । संसारकै पुरानो ह्विस्की अब बिक्रीमा राखिने भएको छ।

अहिलेसम्मकै सबैभन्दा पुरानो मानिने ह्विस्की ‘द वल्ड इन्ग्लेडिउ’को बोत्तल लिलामीमा राख्न लागेको सिएनएनले जनाएको छ।

यो ह्विस्की सन् १७६२ र सन् १८०२ बीचतिर जब विश्वमा क्रान्तिकारी युद्ध चलिरहेको बेला उत्पादन भएको हुनसक्ने युनिभर्सिटी अफ जर्जियाले अनुमान गरेको छ। यो पुरानो ह्विस्की कहाँ उत्पादन गरिएको हो स्पष्ट भएको छैन।

मादकपदार्थ तथा ह्विस्कीका विशेषज्ञ जोसेफ हेमानका अनुसार ह्विस्की सन् १९४० को दशकमा अमेरिकी बैंक तथा वित्तीय सेवा होल्डिङ कम्पनी ‘जे.पी मोर्गन’ले वाशिङ्टन ठूला सत्ताका व्यक्तिलाई उपहार स्वरुप दिइएको थियो।

उपहारमा अन्य दुई पुराना ह्विस्की पनि थियो, तर तीमध्ये ‘द वल्ड इन्ग्लेडिउ’ मात्र बाँकी भएको हो।

अनुसन्धानको क्रममा जे.पी मोर्गनका फाइनान्सियर जोन पियर्पन्ट मोर्गनले सन् १८६० मा जोर्जिया भ्रमणमा ‘द वल्ड इन्ग्लेडिउ’ सहित अर्को दुई ह्विस्की किनेको पाइएको छ। सन् १९४० दशकको सुरुतिर उनका छोरा

ज्याक मोर्गनले ‘द वल्ड इन्ग्लेडिउ’को बोत्तल दक्षिण क्यालिफोर्नियाका जेम्स बायर्नलाई र बाँकी दुई ह्विस्कीका बोत्तल फ्रान्कलिन डी रुजवेल्ट र ह्यारी एस ट्रुमनलाई उपहारमा दिएका थिए।

जेम्स बायर्नले पनि पछि आफ्ना नजिकका साथी फ्रान्सिस डेर्कलाई सो ह्विस्की उपहारमा दिएका थिए। त्यसलगतै डेर्कका परिवारले ह्विस्कीलाई तीन पुस्तासम्म सम्हालेर राखेको हुन्।

लिलामीमा ‘द ओल्ड इन्ग्लेडिउ’ ह्विस्की बीस हजारदेखि ४० हजार अमेरिकी डलरमा बिक्री हुनसक्ने आशा गरिएको छ। यसको लिलामी अनलाइन मार्फत आउँदो जुन महिनातिर हुने सिएनएनले उल्लेख गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित