कलंकीमा केन्द्र रहेको भूकम्पको धक्का

7
SHARES
15
VIEWS

काठमाडौं । काठमाडौंमा बुधबार राति परकम्प गएको छ । कलंकी आसपास भएर राति १ बजेर ५९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

परकम्पको धक्का कंलकीसहित आसपासका क्षेत्रमा महशुस गरिएको थियो । २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूकम्प पछि अहिलेसम्म ५० हजारभन्दा बढी परकम्प गएको छ । चार रेक्टर स्केल भन्दा माथिका ५ सय ५२ पटक परकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्पविद् लोकविजय अधिकारीकाअनुसार गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प अझै १० वर्षसम्म आइरहने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित