पचालझरनाका चेकजांजलाई निरन्तरता दिइने,राम्नाकोटमा २५ बेडको आइसोलेसन तयारी

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले कोरोना महामारीको रोकथाम तथा पूर्व तयारी थालेको छ ।पचालझरना गाउँ पालिकाको जारकोटमा रहेको स्वथ्य चौकी भवन र ज्ञानोद्धय माविमा रहेको नवनिर्मति भवनमा आइसोलेसन बनाउन शुरु भएको छ ।

पचालझरना स्वस्थ्य शाखाको आयोजनामा बसेको बैठकले स्वस्थ्य चौकीहरुमा औषधि तथा सामाग्रिका्े व्यवस्थापन र आइसोलेसन बेडको तयारी गर्ने निणर्य गरेको स्वस्थ्य शाखा प्रमुख विरेन्द्र संज्यालले बताउनु भएको छ । वहाँका अनुसार तत्काल यस स्वस्थ्य चौकी जारकोट र ज्ञानोद्धय माविको भवनमा २० देखि २५ बेडको आइसोलेसन बनाउने तयारी थालेको बताउदै वडा न. ८मा गरिएको परिक्षणमा ४६ जनामा १ जनाको एन्टिजेन पोजिटिभ देखिएको बताउनु भएको छ ।

किड अभावका कारण सबै वडाहरुमा तत्काल परिक्षण गर्न नसकिने बताउदै प्रमुख संज्यालले विदेश बाट आएका समुदायलाई होम आइसोलेसन रहने र लक्षण देखिएमा थप उपचारका लागि व्यवस्थापन गर्ने बताउनु भएको छ ।

आइसोलेसन तयारी अहिले पचालझरनामा ३ जनामा संक्रमण देखिएको र उनिहरु होम आइसोलेसनमा रहेको बताइएको छ । अवस्था सामान्य रहेको स्वस्थ्य शाखा प्रमुख संज्यालले बताउनु भएको छ ।कालीकोट जिल्लामा हाल सम्म ४३ जना संक्रमित रहेका छन ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले गाउँ पालिकाका कुनै पनि नागरिकहरुलाई कमि हुन नदिनका लागि आवश्यक सामाग्रि र स्वस्थ्य कर्मिहरुको उचित व्यवस्थापन गरी परिचालन गर्ने बताउनु भएको छ ।

पहिलो चरणमा सतर्कताका लागि प्रचार प्रसार गर्ने,माक्स व्यवस्थापन गर्ने बताउदै अध्यक्ष सेजुवालले भारत लगाएतका मुलुकमा रहेका नागरिकहरुको तथ्यांक लिने र घर फर्किनका लागि उचित ध्यान दिने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित