काठमाडौं,जेष्ठ । जिल्लामा आर्थिक वर्ष २०७७/२०७८का लागि कुल बजेट २ अर्व ४४ करोड ३२ लाख आएको छ ।
तिन वटा नगरपालिका र ६ वटा गाउँ पालिका रहेको कालीकोटमा नगरपालिका मध्ये रास्कोट नगरपालिकालाई ३२ करोड,खांडाचक्र नगरपालिकालाई ३१ करोड र तिलागुफा नगरपालिकालाई २९ करोड ३८ लाख बजेट आएको छ ।त्यसै गरी गाउँ पालिका मध्ये नरहरिनाथ गाउँ पालिकामा सबै भन्दा बढि बजेट आएको छ ।जस्मा आर्थिक वर्ष २०७७/२०७८का लागि ३२ करोड ४४ लाख रहेको छ भने सबै भन्दा कम बजेट पाउनेमा महावै गाउँ पालिका रहेको छ जस्ले २० करोड ४६ लाख पाएको छ ।
त्यसै गरी शान्नित्रिवेणि गाउँ पालिकामा २७ करोड २६ लाख रहेको छ ।शुभकालिका गाउँ पालिकामा २५ करोड ६३ लाख,पचाझरनामा २३ करोड २७ लाख र पलांता गाउँ पालिकाले २२ करोड ७० लाख बजेट पाएको बताइएको छ ।
यो बजेट संघिय सरकारको हो भने कर्णालि प्रदेश सरकारको बजेट के कति आउने हो त्यो भने बांकी रहेको छ ।
Discussion about this post