कालीकोट ।पचालझरना गाउँ पालिकाको वडा न. ५ बाझकोटको बहुचर्चित सिचाई आयोजनाको काम तिव्रगतिमा अघि बढेको छ ।
पचालझरना गाउँ पालिका अध्यक्ष,उपाध्यक्ष सहितको टोलिले स्थलगत रुपमा अनुगमन पश्चात काम तिव्रगतिमा अघि बढेको बताएका छन । विहबार गरिएको अनुगमनका क्रममा अहिले सम्म ४० प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।
पचालझरना गाउँ पालिकाका अध्यक्ष खडगराज सेजुवाल, उपाध्यक्ष तारा न्यौपाने सहितको टोलिले गरेको अनुगमनका क्रममा कामको तिव्रता भएकाले निकट भविष्यमा बांझकोट बासिले सिचाई गर्न पाउने बताइएको छ ।
गाउँ पालिका अध्यक्ष सेजुवालले पालिकाको गौरवको आयोजना भएकाले काम गुणात्मक तरिकाले अघि बढेकाले समयमै सम्पन्न गर्न तर्फ अघि बढ्नु पर्ने बताउनु भएको छ । अहिले सम्म ५ सय मिटर पाइप जोडिसकेको र पाइप लाइन खन्ने काम भएको र अब २ वटा पानि ट्यांकी र पाइप जडान गर्न मात्र बांकी रहेको बताउनु भएको छ ।
अनुगमनका क्रममा उपाध्यक्ष तारा न्यौपानेले अहिले सम्म ४० प्रतिशत काम भइसकेको बताउनु भएको छ ।
क्याप्स कर्नालि परियोजना र पचालझरना गाउँ पालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त कार्यक्रम शुरु गरिएको हो ।
उक्त सिचाई आयोजनामा क्याप्स कर्नालिको २ करोड ७४ लाख र पचालझरना गाउँ पालिकाको एक करोड गरेर कुल लागत रु ३ करोड ७४ लाख रहेको छ ।
Discussion about this post