पचालझरनाको संक्षिप्त परिचय

7
SHARES
15
VIEWS

कालीकोट ।  नेपाली खस भाषाको उद्गमस्थल कर्नालिको सिजा क्षेत्र सित जोडिएका पलांता र विगतको पलाता क्षेत्र कालीकोट जिल्लाको पलांता र पचालझरना गाउँपालिका रहेका छन ।

आफ्नै मौलिक सांस्कृतिक पहिचान जैविक विबिधता,प्राकृतीक सुन्दरता र स्रोत साधनले भरीपूर्ण छ ।

पचालझरना गाउँपालिका साविकको राम्नाकोट,नानीकोट र आधा भन्दा बढी बदालकोटको सिकु मिलायर बनेको छ र जिल्लाकै पहिचान र गौरव ३८१ मिटर अग्लो पचालझरनाको नामबाट नामाकरण भएको यस गाउँपालिका पर्यटकिय एवं धार्मीक सांस्कृतीक रुपले एक केन्द्रकै रुपमा परिचित छ । १६६दशमलव ९२ वर्ग किलोमिटर भु–भागमा फैलिएको यो गाउँपालिका पुर्वमा पलाता गाउँपालिका ,पश्चिममा रास्कोट नगरपालिका उत्तरमा बाजुरा र दक्षिणमा खांडाचक्र नगरपालिकाले घेरिएको छ । समुन्द्री सतह देखी ९७० मिटर उचाइमा रहेको पचालझरना गाउँपालिका सगँ कालीकोटकै अग्ला हिमाल पुग र चुली पनि यसैमा जोडिएका छन ।

भारतको रुपडीहाबाट हुम्लाको हिल्सा जोड्ने कर्नालि करीडोरले यस गाउँपालिकाको कर्नालि किनार छिचोलेर गएको छ । यसले केही सम्भावनाका ढोका समेत खोली दिएको छ ।

गाउँपालिकाको विच भागमा च्यातेर देशकै अग्लो लामो कर्णाली नदी आफ्नै गतिमा रहेको छ । खासगरी झरना, हिमाल, कडाचट्टानी पहाड लेकाली मैदान फांट , प्राचिन स्थल मठ मन्दिर पुरातत्विक महत्वका धार्मीक तथा पर्यटकीय स्थल ,लेकभरी हिमाली जडीबुडी बन्यजन्तु यहाका मुख्य पहिचान रहेकाछन ।

२०७४को स्थानिय निर्वाचनमा पचालझरनाबाट अत्याधिक बहुमत बाट नेकपा(माओवादी केन्द्र)का उम्मेद्धार रहेका अध्यक्ष खडगराज सेजुवाल,उपाध्यक्षमा तारा न्यौपाने(खड्का) निर्वाचित भएको गाउँ पालिका हो । अहिले यस गाउँ पालिकामा तिव्र स्तरमा विकास निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित