संक्रमण बढे पनि अब नयाँ कोरोना बीमा नहुने

7
SHARES
15
VIEWS

काठमाडौँ। सरकारले कोरोना बीमा नगर्ने भएको छ ।

संक्रमण तीव्र भएपनि बीमा समितिले नयाँ कोरोना बीमा नगर्ने जनाएको हो । एक वर्षका लागि भएको बीमालेख अब जारी नगर्ने भएको हो ।

सुरुमा १ लाखको गरिएको बिमा लेख पछिल्लो समय २५ हजार र ७५ हजार रुपैयाँको बीमा रहेको छ ।

सरकारले नै एक वर्षको लागि बीमा भनेकाले त्यसको म्याद सकिएसँगै नयाँ जारी नगरिने बीमा समितिले जनाएको छ ।

कोरोना बीमा लघुबीमा निर्देशिका अन्र्तगत रहेर ल्याइएको बीमा लेख हो । यदि सरकारले नै बजेटमार्फत् आगामी वर्ष पनि कोरोना बीमाको लागि निर्देशन दियो भने सोही अनुसार आफुहरु अघि बढ्ने समितिले जनाएको छ ।

हालसम्म ६ अर्ब ६४ करोड ५२ लाख ७५ हजारको कोरोना बीमा प्रमाणित भएको छ । १३ हजार ९ सय ६२ मागदाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणीकरण पेन्डिङ रहेको छ ।

यता बीमा कम्पनीहरु भने सरकारले रकम नदिएको भन्दै दावी भुक्तानी दिन आनाकानी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित