यी २२ जिल्लामा डरलाग्दो गरी कोरोना संक्रमण फैलिँदैछः स्वास्थ्य मन्त्रालय

7
SHARES
15
VIEWS

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका २२ जिल्लामा डरलाग्दो गरी कोरोनाभाइरसको संक्रमण फैलिइरहेको जनाएको छ ।

शुक्रबार मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।

अधिकारीका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमणदर डरलाग्दो गरी फैलिरहेको छ ।

मन्त्रालयले यस्तो अवस्थामा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा आउने भन्दै सबैलाई संवेदनशील बनिदिन र मापदण्ड पालना गर्न अपील समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संक्रमण रोकथाममा जनस्वास्थ्यका मापदण्डहरु (मास्क लगाऔँ, भौतिक दुरी कायम गरौं, बेलाबेलामा साबुनपानीले हात धोऔँ) नै उत्तम उपाय हुन् ।

कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहीँ कतै जाने कामहरु पूर्णरुपमा नगर्न नगराउन हुन, कुनैपनि सार्वजनिक स्थलहरुमा जाने भिडभाड गर्ने गराउने कामहरु बन्द गर्न अत्यन्त जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित