म पनि यहाँको बासिन्दा हो,खरमुक्त छाना निर्माणमा मेरो घर जस्तापाताले छाएको छु — वडाध्यक्ष न्यौपाने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाका वडा न. १का अध्यक्ष रत्नलाल न्यौपाने स्वयंमले खरमुक्त छाना निर्माणमा आप्नो नाम सिफारिस गरिएको निणर्य बाहिरिदा सर्वत्र आलोचना भएको छ ।

लामो समय जिल्ला बाहिर बसोबास गर्दै आएका अध्यक्ष न्यौपानेले पचालझरनामा खरमुक्त छाना निर्माणका लागि आफैले आफुलाई जस्तापाताका लागि छनोट गरेपछि सामाजिक संजालमा व्यापक आलोचना भएको हो । उनि जस्तापाताका लागि आवश्यक पुंजि नभएका भने होइनन । उनि जस्तै छनोटमा परेका आधा दर्जन घर परिवार भने हुने खाने नै छनोटमा परेका छन ।

चालु आर्थिक वर्षमा पचालझरना गाउँ पालिकाको वडा न. १ सिककुका ५० जना घरपरिवारलाई जस्ता पाता वापत प्रतिघरपरिवारलाई ४० हजारका दरले रकम दिने र सो रकमबाट जस्ता खरिद गरेर खरमुक्त बनाउने क्रममा उनको नाम छनोट भएको थियो ।

निणर्य न. ४४मा रत्नलाल न्यौपानेको नाम छनोट भएको र वडाका अन्य गरिव असाहयहरुको छनोट हुनु पर्नेमा हुने खानेहरु नै जस्ता पाता पाउने लिष्टमा परेको भन्दै व्यापक आलोचना भएको हो । घर नै नभएकाहरुलाई कसरी जस्तापाता दिएको हो भनेर व्यापक आलोचना गरिएको छ ।
यस सम्बन्धमा वडा न. १का वडा अध्यक्ष रत्नलाल न्यौपानेले आफु पनि यहिं ठाउँको बासिन्दा भएको र खरको छाना भएको घरमा जस्ता पाताले छाउनु परेको बताउदै के वडा अध्यक्षले खानु पर्दैन, अनि बस्नु पर्दैन र ? भन्ने प्रश्न गर्दै छनोट सर्वसम्मत निर्णय भएको दावि गरे ।

उनले भने पहिलो चरणमा साविकका वडाहरुबाट समाबेसि ढंगले सिफारिस भएको र आगामी वर्ष बाँकी घरहरुमा जस्तापाता उपलब्ध गराउने बताए । वडा कार्यालयको निणर्य गरेको फोटा कसरी कहाँबाट बाहिरिएको सो को छानविन गर्ने अध्यक्ष न्यौपानेले बताए ।

स्थानिय स्तरमा विकास निर्माणमा उपभोक्ता समिति गठनका विषयलाई लिएर गाउँमा झगडा हुंदा वडा अध्यक्ष न्यौपाने माथि आक्रमण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित