नेकपा(एमाले) कालीकोटमा शाहीले सोधेको स्पष्टिकरण गाउँलेबाट खारेज

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समय नेकपा(एमाले) कालीकोटमा आफु निकट नरहेको भन्दै ओलि पक्षले माधव नेपाल पक्षिय जनप्रतिनिधिलाई सोधिएको स्पष्टिकरण खारेज गरेको छ ।

जिल्लाका खांडाचक्र नगरपालिका उपमेयर विजया विष्ट,शुभकालिका अध्यक्ष खडानन्द चौलागाई,उपाध्यक्ष पम्फा कुमारी शाही र जिल्ला कमिटी सचिवालय सदस्य तथा मुख्यमन्त्रीका स्वकीय सचिव क.रवीन्द्रबहादुर शाहीलाई नेकपा(एमाले) कालीकोटका अध्यक्ष नगेन्द्र शाहीले पार्टी निति विपरित गएको भन्दै एक हप्ताका लागि स्पष्टिकरण सोधेका थिए ।

उक्त स्वपष्टिकरणलाई खारेज गर्दै नेकपा(एमाले ) पार्टी सचिव चित्र सिंह गाउँलेले एक विज्ञप्ति जारी गर्दै खारेज गर्नु भएको हो । सो विज्ञप्तिमा भनिएको छ २०७५ बैशाख ११ गते बसेको सचिवालयमा २३ सदस्यीय कालीकोट एमालेको सचिवालयमा अध्यक्षको समर्थनमा मैले सार्वजनिक गरेको यस माइनोटबुकको क्लियर लिस्ट अनुसारका जम्मा ९ जना मात्रै हुन ।

कालीकोटमा सचिवालय बैठकको निर्णय अनुसार भनेर जो स्पष्टीकरण सोधियो भनिएको छ त्यो सरासर गलत र विधि,पद्धति विरुद्ध छ । नेकपा(एमाले)को छाप र लेटरप्याड लाई दुरुपयोग गर्दै पार्टीको बहुमत र विधि,पद्धतिले नचिन्ने गरि लेखिएको कुन्ठापत्रलाई चाहे जसले सोधेपनि स्पष्टीकरण मान्न नसकिने जानकारी गराउदछु भनिएको छ ।

विज्ञप्तिमा पार्टीको जिल्ला कमिटि हुनका लागि ७ वर्ष समायवधि हुनु पर्नेमा पार्टी विधानको खिल्लि समेत उडाएको बताइएको छ । स्पष्टिकरण सम्बन्धमा कम्युनिस्ट पार्टीका इमान्दार कार्यकर्ताको सन्दर्भमा स्पष्टीकरणको पत्र हातमा पुग्नु भनेको सामान्य होइन । यस्तो विषयलाई ठट्टाको रुपमा लिन सकिँदैन ।

सबै विषय स्टाटसमा लेख्न उचित पनि नहुने हुँदा पार्टी भन्दापनि व्यक्ति र गुटगत स्वार्थका कारण अध्यक्ष नगिन्द्र शाही (नेशनल)बाट शुभकालिका गाउँ पालिका अध्यक्ष क.खडानन्द चौलागाईं , खाँडाचक्र नगरपालिका उपप्रमुख क। विजया बिष्ट,शुभकालिका उपाध्यक्ष क.पम्फा कुमारी शाही र जिल्ला कमिटी सचिवालय सदस्य तथा मुख्यमन्त्रीका स्वकीय सचिव क.रवीन्द्रबहादुर शाही माथि सोधिएको स्पष्टीकरण पत्र पार्टीको आधिकारिक र बहुमत सचिवालयका साथै जिल्ला कमिटी बैठकले तत्कालै खारेज गरिने जानकारी गराइन्छ ।
उक्त कुरालाई लिएर नेकपा(एमाले)कालीकोट नेता विश्वराज बमले जबजको माथिको आक्रमण भएको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित