विश्व प्रेस स्वतन्त्र दिवसका दिन इञ्जाद्वारा विशेष कार्यक्रम सम्पन्न

7
SHARES
15
VIEWS

काठमाडौं। विश्वभरि रहेका क्रियाशील नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संजाल (इन्जा) ले सोमबार विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण नेपाली पत्रकारहरूलाई अहिलेको विषम परिस्थितिमा आफू पनि सुरक्षित रहेर सूचना प्रवाह गर्न विशेष आग्रह गरेको छ ।

जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो दायित्वलाई पूरा गर्नका लागि पर्ने आम सञ्चारकर्मीहरूले सार्वजनिक हितमा सूचना प्रवाह गरेर आम नागरिकहरूको सूचना पाउने हकलाई पूरा गरिरहेको इन्जाले जनाएको छ ।

आम नागरिकले सहि सूचना पाउँदा मात्रै लोकतन्त्र पनि बलियो हुँदै जाने र लोकतन्त्रको सुदृढीकरण भएमा मात्रै प्रत्येक नागरिकको समुन्नति हुने भन्ने कुरालाई आम संचारकर्मीहरूले आफ्नो दायित्वका रुपमा लिएका छन् । राज्यले त्यसका लागि त्यो खालको ब्यबहार गर्ने गरेको छ त भन्ने प्रश्न उठने गरेको पनि इन्जाले संबद्ध पक्षको गंभीर ध्यानाकर्षण गराएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा आयोजित ग्लोबल भर्चुवल बिशेष कार्यक्रममा बोल्ने नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, महासचिव रोशन पुरी, इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइटेल, इन्जा ग्लोबलका उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष टंक पन्त, इन्जाका सल्लाहकार तीर्थ कोइराला, योगेश उपाध्याय, घमराज लुइँटेल, संचारिका समूहकी अध्यक्ष नीतु पण्डित, बरिष्ठ पत्रकार बबिता बस्नेत, इन्जा ग्लोबलका बरिष्ठ उपाध्यक्ष बिष्णु शीतल, उपाध्यक्ष किशोर सापकोटा, न्युज एजेन्सी नेपालका अध्यक्ष सबिन धमलाले नेपालको

संविधानले प्रेस स्वतन्त्रताका पक्षमा गरेको बलियो पक्षलाई ऐन नियम र निर्देशिकाका नाममा खुम्च्याउन खोजेकोले त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बक्ताहरुले प्रतिपक्षमा एउटा कुरा सत्तामा जादा अर्को कुरा गर्ने प्रबृत्तिको अन्त्यका लागि बिशेष आग्रह गरेका छन् ।

सूचना प्राप्तिको स्वतन्त्रता ब्यबहारमै पूर्ण रुपमा नभएसम्म संविधानमा लेखिएर मात्र हुदो रहेन्छ भन्ने देखिएको छ यसर्थ सूचना प्राप्तिमा सत्ता वा बाहिर जहाँकहीँबाट पनि बाधा ब्यबधान हुनुहुँदैन भन्ने कुरामा पनि बरिष्ठ पत्रकारहरूले जोड दिएका छन् ।

नेपालमा प्रेस स्वतन्त्रता बिरोधी घटना यो वर्ष ४५ वटा भएका छन् । ती घटनाबाट ५ सय ८४ जना पत्रकार र ३ मिडिया हाउस गम्भीर रुपमा प्रभावित र पीडित भएका छन् ।

५ सय ८४ पत्रकारमध्य ७७ जना महिला पत्रकार छन् । बिभिन्न खाले आक्रमणबाट ४८ र दुब्र्यबहार, धम्कीको सामना १२ जना पत्रकारले गर्नुपरेको छ । ५ सय १७ जना पत्रकार बिस्थापित हुनु परेको पत्रकार महासंघले जनाएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरका आयोजित विशेष कार्यक्रममा लेखनकुञ्जका अध्यक्ष कमल ढकाल, पत्रकारहरू केदार खडका, भागीरथ योगी, नीरु गौतम, दीपु पोख्रेल, दीपक रिजाल, रामचन्द्र खरेल, संजय घिमिरे, दोवा ढकाल, राम लामा, नारायण श्रेष्ठ, डा.मदन उप्रेती, मीरा राजभण्डारी, आनन्द कोइराला, अनुराधा पौडेल, सरोज दाहाल, सम्झना पौडेल, गोबिन्दप्रसाद दुलाल, राजाराम गौतम, रमा पन्थी, अश्मिना पाण्डे लगायत उपस्थित धेरै पत्रकारहरू र मानवअधिकार संचार प्रतिष्ठान (इह्रिकन)का अध्यक्ष मीना शर्माले शुभकामना दिएका थिए ।

स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिताका लागि आम संचारकर्मीहरूले आ–आफ्नो ठाउँबाट थप भूमिका निर्वाह गर्न सकेमा पत्रकारिताको सान्दर्भिकता रहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित