लक्ष्मण बम माथिको छानविन प्रतिवेदन नेकपालाई बुझाइयो

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पलांतामा भएको स्थानिय पार्टी र सरकार विचको अन्तरद्धन्द्धले उच्च रुप लिएपछि भएको विवाद पछि निलम्बनमा परेका पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बमको छानविनका लागि बनेको समितिले शुक्रबार आफ्नो प्रतिवेदन नेकपा कालीकोटलाई बुझाएको छ ।

लामो समय सम्म बुझाउन नसकेको प्रतिवेदन लक डाउन र विविध कारणले ढिला भएको भन्दै झण्डै ५ पृष्ठ लामो प्रतिवेदन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कालीकोटका अध्यक्ष धनजित शाही र सचिव नगेन्द्र शाहीलाई छानविन समितिका संयोजक विष्णु विक सहितको टोलिले बुझाएको हो । उक्त प्रतिवेदनमा अध्यक्ष लक्ष्मण बम र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई छुट्टा छुट्टै बुझेर ल्याइएको बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)पलांताले लक्ष्मण विरुद्ध पार्टीलाई असहयोग गरेको,रकम हिनामिना गरेको,जिल्ला नेताहरुलाई गुण्डा लगाएर अभद्र व्यवहार गरेको लगाएतका १७ वटा आरोप लगाउदै नेकपा कालीकोटलाई कार्वाहीको माग गर्दै पेश गरेका थिए मंसिर २५ गते निलम्बनमा परेका लक्ष्मण बम माथि पौष पहिलो सातामा छानविन समिति गठन गरे लगत्तै स्थलगत रुपमा छानविन गरिएको थियो । उक्त प्रतिवेदन समयमै आएको भए पलांता गाउँ पालिकामा दोस्रो घटना नहुने बताइएको छ । पलांता गाउँ पालिकामा बैशाख अन्तिम साता गाउँ पालिका अध्यक्ष लक्ष्मण बम र स्थानिय पार्टी विच विवाद हुंदा झडप भएको थियो । उक्त झडपमा पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बमले वडा अध्यक्ष मान बहादुर भण्डारी सहितका युवाहरुलाई आक्रमण गरेका थिए ।
त्यस घटनाको छानविनका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कालीकोटले जिल्ला सचिवालय सदस्य खडगराज सेजुवालको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । उक्त टोलिले छानविन गर्न नपाउदै घटनामा संलग्न रहेको आरोपमा वडा अध्यक्ष मान बहादुर भण्डारी र नेकपा पलांता अध्यक्ष इन्द्र रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेका दुबै जना धरौटीमा रिहा भइसकेका छन ।

पहिलो घटनाका बारेमा प्रतिवेदन आएको छ त्यसको लागि केही दिन भित्र उचित निर्णय लिएर प्रतिवेदन बाहिर ल्याउने तयारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कालीकोटका अध्यक्ष धनजित शाहीले बताउनु भएको छ वहांले दोस्रो घटनाका बारेमा पनि छानविन शुरु भएको समेत दावि गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित