काठमाडौँ । मेटलाइफ नेपालले कोभिड केयर सहायता कार्यक्रम सुरु गरेको छ ।
यो कार्यक्रमअन्तर्गत कोभिड–१९ का कारण भएका मृत्यु दाबीमा ३ दिन भित्र बिमा भुक्तानी गर्ने मेटलाइफले जानकारी दिएको छ ।
यसअन्तर्गत दाबीकर्तालाई बिमा दाबीका लागि आवश्यक कागजात अनलाइन नै पेस गर्न सक्ने सुविधा दिइएको छ ।
यसपछि लाभार्थीले दाबी भुक्तानी तीन कार्य दिनभित्रै सोझै आफ्नो खातामा प्राप्त गर्न सक्ने मेटलाइफले बताएको छ ।
आजको कान्तिपुरमा खवर छ ।
Discussion about this post