प्रविधिको तिव्र विकास संगैै संचार जगतले एक पछि अर्काे फड्को हान्ने काम तिव्रगतिमा भइरहेको छ । संचारले संसार एक घर भएको छ ।विश्वमा कहाँ के भयो कति खेर भयो भन्ने बारेमा जानकारी लिन घण्टौं कुुर्नु पर्दैन । छिन छिनमा त्यसको जानकारी हुने गरेको छ ।विश्वमा विभिन्न संचार माध्यमहरुको क्रमश विकास हुंदै पछिल्लो समयमा भएको अनलाइन संचार माध्यमको पहुंच निकै नै बढेको छ । अनलाइन इन्टरनेटको माध्यमबाट संचालन हुने क्षेत्र हो । यस अघिका पत्रकारिताका पुराना संचार माध्यम पत्रिका,रेडियो र टेलिभिजन भन्दा बढि नियमित अपडेट हुने गर्छ । अन्य संचार माध्यममा जस्तो बढि जनशक्ति र व्यवस्थापन गर्न धौ धौ पर्ने गरेको छ भने अनलाइनबाट दिनमा सयौं पटक गर्न सकिन्छ । छापा तथा विद्युतिय संचार माध्यम भन्दा अलग किसिमको विशेषता र गुण पनि यहि हो ।त्यसैले अनलाइन संचार माध्यमलाई “न्यु मिडिया” भनिएको हो । अनलाईन भन्दा अर्काे विकल्प नआउदा सम्म कान्छो मिडियाको रुपमा नै स्थान पाउने छ ।
अनलाईन पत्रकारिता भनेको समाचार,फोटो,चित्र,श्रव्यदृष्य जस्ता सबै सामाग्रि सम्प्रेषण गर्दछ ।यो कुनै पत्रिका तथा रेडियोबाट प्रशारण प्रकाशन गर्नु पर्दैन तर कम्प्युटरमा भने इन्टरनेटको माध्यमबाट छापिन्छ । कम्प्युटरमा छापिने भएकाले उत्पादक मात्र नभई उपभोक्ता समेत कम्प्युटरमा साक्षर हुनु पर्ने हुन्छ ।नेपालमा जनयुद्धको विश्राम शान्तिकाल २०६४साल पछि बनेको पहिलो लोकतान्त्रिक सरकारका संचार मन्त्रि कृष्ण बहादुर महराले ल्याएको हात हातमा मोवाइल घर घरमा इन्टरनेट भन्ने मुल नारा अहिले सार्थकतामा परिणत हुूदै आएको छ । सोहीको तिव्रमा अहिले नेपालका दुरदराजमा इनटरनेटको पहुंच बढेको छ । कुनै समयमा हातमा मोवाइल आंउदा प्रत्यक्ष अनुहार देखिने गरी कुराकानि हुने भनेर भन्दा हामीलाई अचम्म लाग्ने गरेको भएपनि अहिले भने बेग्लै महसुस गराएको छ । विदेशमा रहेका आपन्तलाई भिढियो कल गरेर भला कुसारी गर्न पाउनुले प्रविधिको विकास र हामी भाग्यशालि महसुस गर्ने पर्छ । प्रविधिको विकास संगै संचार माध्यमको रुपमा अनलाइन पत्रकारिताको विकास भएको पाइन्छ ।
…..कसरी भएको थियो प्रविधिको विकास र अनलाइन :
विश्वमा पहिलो पटक सन १९६९मा अमेरिकी रक्षा मन्त्रालयका अनुसन्धानदाताहरुले चार वटा कम्प्युरबाट नेटवर्कको प्रयोग थालेको तथ्य भेटिन्छ । त्यस पछि सुचनाको आदान प्रदान गर्ने ्रयोजनाका लागि अर्पानेट दिएका थिए । पछि सन् १९९०मा टेलिटेक्स र भिडियो टेक्सको रुपमा काम गर्न थालेको थियो भने सन् १९९०मा बेलायति बैज्ञानिक टिम बर्नर लिले इन्टरनेटको विश्वव्यापि संजालको लागि आवश्याक नेटवर्क धधध।धयचमि धष्मभ धभदको आवस्किार गरे पछि इन्टरनेटको गति लिएको बताइन्छ । त्यहि इन्टरनेटको संजालले आजको विश्वमा आमसंचार तथा पत्रकारिताको क्षेत्रमा व्यापक परिवर्तन ल्याइदिएको छ । “एकराज पाठक,अनलाइनः अवस्थिति र अनुशासन–संहिता २०७६”शुरुमा पत्राचार गर्ने,सुचना पढ्ने अहिलेका पत्रपत्रिका पढ्न रेडियो तथा टेलिभिजन सुन्न र हेर्न सजिलो माध्यमका रुपमा प्रयोगमा ल्याइएको हो । अहिले यसको प्रयोगबाट आजका दिनमा आइपुग्दा अनलाइन मिडियाको उत्पादन र प्रयोग गर्न सजिलो भएको हो ।
.……….नेपालमा इन्टरनेट तथा अनलाइनको विकास :
नेपालमा पहलिो पटक २०५२ सालमा इन्टरनेट सेवा को प्रयोग अग्रेजि भाषाको दैनिक पत्रिका “द काठमाडौं पोष्ट”ले प्रयोग ल्याएको तथ्य भेटिन्छ । यस पत्रिकाले आफ्ना समाचारहरु इन्टरनेटमा राख्न शुरुवात गरेको थियो । यसरी नेपालमा अनलाइनको शुरुवात वि.स २०५६ साल देखि शुरुवात भएको पाइन्छ । मर्कन्टाएल कम्युनिकेसन्स्ले नेपाल न्युज डट कम अनलाइन व्यवसायिक रुपमा शुरु गरेको थियो । यसले शुरुमा नेपालि पत्रपत्रिकाका समाचार राख्ने मिल्ने गरी नेपाल न्युज शुरु गरे पछि नेपाल न्युज डट कम संचालन गरेको इतिहांसलाई नेपालमा अनलाइनको शुरुवातिका रुपमा लिन सकिन्छ ।त्यस पछि कान्तिपुर पव्लिेकशनले समाचारहरु अनलाइनमा राख्न शुरु गरेको थियो । सयुंक्त राज्य अमेरिकामा बस्ने नेपालिहरुले सन १९९३ अक्टोवर २३ अर्थात (२०५० साल कार्तिक ७)मा नेपाल संग सम्बन्धित बुलेटिन प्रकाशनमा ल्याएको भेटिन्छ । नेपालको डाइजेष्ट नाम एक पत्रिका इन्टरनेटमा आधारित थियो । “एकराज पाठक,अनलाइनः अवस्थिति र अनुशासन–संहिता २०७६”इतिहासंमा पहिलो पटक जनयुद्धकालमा साहित्यकार कृष्णसेन इच्छुको सम्झनामा नेकपा(माओवादी)को मुखपत्रका रुपमा २०६० सालमा कृष्णसेन अलनाइन सुरु भएको थिए ।वि.स २०६२ साल माघ देखि हिमाल खबर डटकम अनलाइन पनि शुरु भएको थियो ।यसरी अन्य संचार माध्यमहरुले समेत अनलाइन मिडियामा राख्न शुरुवात गरेको पाइन्छ । त्यसै गरी विभिन्न संघ संस्था तथा व्यवसायिकहरले समेत अनलाइनको शुरुवात गरेको पाइन्छ । नेपालमा पछिल्लो समयमा तिव्रगतिमा अनलाइन मिडिया हाउसका रुपमा संचालन हुन थालेका छन । प्रेश काउन्सिल नेपालको तथ्याँक अनुसार २०७६ सालको असार सम्म १ हजार ७५५ अनलाइनहरु संचालनमा आएका छन भने पत्रपत्रिकाको संख्या ९ सय १२ रहेको छ ।एफएम रेडियो ८४० मात्र रहेको पाइन्छ । स्याटालाइट टिभिहरु १५३ रहेका छन ।एक सय वर्ष पुरानो छापा पत्रकारिता भन्दा दोब्बर बृद्धि भएको छ ।अनलाइन संचार माध्यम नयांँ विधाका रुपमा जन्मिएका पाइन्छ ।
पञ्चाति व्यवस्थाका ३० वर्ष सम्म नेपालि प्रेसले अधिकांस प्रजातन्त्रको पक्षमा उभियो । थोरै पे्रसले राजाको पक्ष लियो । छापा माध्यमको विकल्पमा रेडियो,रेडियोको विकल्पमा टेलिभिजन र सोको विकल्पमा कान्छो संचार माध्यम अनलाइनको विकास भएको छ । इतिहांसमा लामो समय राणा शासन,प्रजातन्त्र,पञ्चायत र बहुदलको विचमा चुनौति मोल्दै आएको संचार माध्यममा नेपालमा चलेका जनयुद्ध ताका युद्ध पत्रकारिताको विकास भएको पाइन्छ । जनयुछका समयमा निरन्तर रुपमा प्रकाशनमा आएको जनादेश,जनदिशा लगाएत विभिन्न क्षेत्रमा हस्तलिखित पत्रिकाहरु शुरुवात भएको पाइन्छ । कालीकोट जिल्लामा २०५६ सालमा लिथो मेसिनबाट लालिगुरांस साप्ताहिक,लगाएत अन्य पत्रिकाका साथै आधिकारी रुपमा कदम साप्ताहिक पत्रिकाको शुरुवात भएको पाइन्छ । वि.स.२०६२÷०६३ को आन्दोलन पछि फराकिलो ढंगले अगाडी बढेको संचार जगतको एक पछि अर्काे विकासको गति लिएको पाइन्छ ।
……कालीकोटमा पहिलो अनलाइन कसरी भयो :
वि.स. २०७१ साल पौष ३ गतेका दिन कालीकोट अर्थात (साविकको कर्णालि अंचल)बाट पहिलो पटक कर्नालि संचार डट कमको शुरुवात भएको थियो । अनलाइनमा पहुंच नभएको अवस्थामा कठिन घडिमा संचालनमा ल्याइएको कर्नालि संचार डट कम एक वर्ष सम्म संचालनमा ल्याइएको थियो । पहिलो पटक व्लगको रुपमा कालीकोट सन्देश व्लगको शुरुवात गर्दै रुप्सा निवासि कमल बुढा(इमान्दार)को पहलमा कर्नालि संचार डटकमको संचालनमा आएको थियो । विभिन्न समस्याका बाबजुद बन्द रहन गएको थियो ।पुन २०७६ साल चैत्र २७ गतेबाट पुन संचालनमा आएको छ । यस पछि कालीकोट जिल्लामा एफएम रेडियोले अनलाइनको शुरुवात गरेका थिए । अनलाइनमा पहिलो पटक रेडियो नयाँ कर्णालि एफएम शुरुवात गरेको पाइन्छ । त्यसका साथै न्युज संचार डट कम, मिसन न्युज डट कम हुंदै अहिले तिन चार वटा अनलाइनहरु संचालनमा रहेका छन ।
अनलाइन भन्दा अन्य संचार माध्यमको पहुंच घटेको अहिलेको समयमा छापा पत्रकारिता भने धेरै ओझेलमा परेको छ ।आधा दर्जन साप्ताहिक पत्रिकाहरु बन्द अवस्थामा रहेका छन भने एम मात्र दैनिक पत्रिका हाम्रो कर्णालि खबर पनि हाल बन्द भएको छ ।जिल्लामा चार वटा सामुदायिक रेडियो,एक निजि रेडियो र तिन वटा स्थानिय सरकारले संचालनमा ल्याएका एफएम रेडियोहरु रहेका छन भने रेडियो नेपालको रिले स्टेशन समेत गरी आठ वटा एफएम रेडियोहरु संचालनमा रहेका छन । एक पछि अर्काे अनलाइनको प्रभाव बढ्न थालेको अवस्थामा जति वेला पनि विश्वको जुनसुकै कुनाबाट हेर्न मिल्ने अनलाइन संचार माध्यमले समाजमा सकरात्मक प्रभाव पारेको छ । यसको पहुंचले तिव्रता दिन थालेको छ । यसमा प्रकाशन हुने सन्देशहरु कस्को पक्षमा कस्तो तरिकाले बाहिर आउंछन त्यो भने फरक हो । एक डांडाबाट अर्काे अग्ला डाँडा सम्म सुन्न नसकिने भुगोल भएको हाम्रो कर्णालि प्रदेशमा उचित श्रोतका रुपमा अनलाइन संचार माध्यमहरु हुन थालेका छन । फेसबुक र अनलाइनका माध्यमबाट अन्य संचार माध्यम अगाडी बढ्न सहजता भएको छ । भनिन्छ “जुन कुरा लुकाउन खोजिन्छ त्यो समाचार हो ।अरु सबै विज्ञापन हुन”(नमस्कार शाह,सुचनाको हक र संचार क्षेत्र–संहिता २०७६)अहिले हाम्रो समाजमा जुन कुरा बाहिर ल्याउनु पर्ने हो त्यो लुकाइन्छ । व्यक्तिगत स्वार्थका लागि लुकाउनु धर्म होइन ।
Discussion about this post