नेकपा(एमाले) कालीकोट पदाधिकारी बैठकबाट अध्यक्ष शाहीलाई स्पष्टिकरण

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(एमाले) कालीकोटको पदाधिकारी बैठकले जिल्ला अध्यक्ष नगेन्द्र शाही(नेश्नल)लाई स्पष्टिकरण माग गरेको छ ।

उपाध्यक्ष रमेश शाहीको अध्यक्षतामा बसेको बैठकले सात दिन भित्र पार्टी निति विपरित अभिव्यक्ति तथा गतिविधि गरेको भन्दै स्पष्टिकरण माग गरेको हो । पार्टी सचिव चित्र सिंह गाउलेका अनुसार पार्टी भित्र लामो योगदान भएका पार्टी नेता तथा जनप्रतिनिधि माथि स्वच्छाचारी ढंगले स्पष्टिकरण मागेको भन्दै अध्यक्ष माथि स्पष्टिकरण माग्नु परेको बताएका छन ।

पार्टी विधानको अध्यक्षय ७ को धारा ४४ अनुसार हरेक व्यक्तिले पार्टी कमिटिको अल्पमतले बहुमतको मातहतमा रहनु पर्नेमा उल्टै अध्यक्ष शाही चलेको भन्दै ५ वुद्धे आरोप सहितको स्पष्टिकरण माग गरेको हो ।
उक्त पत्र आजै नगेन्द्र शाहीलाई बुझाइएको छ
१)पार्टी विधानले तोकेको पार्टी अनुशासनलाई उलंघन गर्दै सार्ववनिक रुपमा पार्टी हित विपरित लेख्ने र बोल्ने गरेको ।
२)पार्टीको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित कार्यक्रता तथा शुभचिन्तक भन्दा पनि विरोधि संग सांटगाँठ गर्ने गरेको ।
३) पार्टीको संस्थागत प्रणालि अनुसार छलफल नै नगरी जनवर्गिय संगठनहरुको कमिटि घोषणा गरेको ।
४) सर्वाेच्च अदालतको फैसला अनुसार अधिवेशनबाट निर्वाचित कमिटिमा फर्किन नचाहेको
५) विना कारण पार्टी नेता तथा जनप्रतिनिधिलाई स्पष्टिकरण सोधिएको ।
यस अघि जिल्ला अध्यक्ष शाहीले खांडाचक्र नगरपालिका उपप्रमुख विजया विष्ट,शुभकालिका गाउँ पालिका अध्यक्ष खडानन्द चौलागाई,उपाध्यक्ष पम्फा कुमारी शाही र मुख्यमन्त्रिका स्वकिय सचिव रविन्द्र शाहीलाई स्पष्टिकरण सोधेका थिए ।

सात दिन भित्र उचित जवाफ नआएमा आवश्यक कार्वाही समेत गर्ने गाउँले बताउनु भएको छ । साथै बैठकले कोरोना महामारीका विचमा सबै सुरक्षित हुन अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित