रास्कोट र पचालझरनामा निशेधाज्ञ

7
SHARES
15
VIEWS

कालीकोट । कोरोनाको महामारी बढे संगै रास्कोट नगरपालिका र पचालझरना गाउँ पालिकामा अनिश्चित कालका लागि निशेधाज्ञ जारी गरीएको छ ।

रास्कोट नगरपालिकाले सोमबार राति १२ देखि अनिश्चित कालका लागि निशेधाज्ञ जारी गरेको छ भने पचालझरना गाउँ पालिकाले पनि सोमबार राति ९ वजे देखि निशेधाज्ञ जारी गरेको हो ।

रास्कोट नगरपालिका भित्र आवत जावतमा कडाई गरेको छ भने अत्यावश्यक सामाग्रिका लागि व्यवस्थापन गरेको बताइएको छ । त्यसै गरी पचालझरना गाउँ पालिकाले भात्तडी देखि लैफु र सिकु देखि बाँझकोट सम्म आवतजावत देखि पसल व्यवसाय तथा यातायातका साधनमा रोक लगाइएको बताइएको छ ।

पचालझरना गाउँ पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत कमल बम द्धारा हस्ताक्षरित सुचनामा उक्त कुरा बताइएको छ । यस अघि कालीकोट जिल्लालाई एक हप्ताका लागि निशेधाज्ञ जारी गरेको छ भने नरहरिनाथ गाउँ पालिकाले पनि निशेधाज्ञ जारी गरेको थियो । पछिल्लो समयमा जिल्लाका सबै स्थानिय तहले निशेधाज्ञ गर्दै कोभिड व्यवस्थापनमा जुटेका छन ।

कालीकोट जिल्लामा सोमबार सम्म १सय १३ जनामा कोरोना संक्रमित भइसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित