किन घोषणा गरे बिल गेट्स दम्पतीद्धारा सम्बन्ध विच्छेद ?

7
SHARES
15
VIEWS

काठमाडौं । खर्बपति बिल गेट्स दम्पतीले सम्बन्ध विच्छेदको घोषणा गरेको छ । बिल र मेलिन्डा गेट्सले सम्बन्ध विच्छेदको घोषणा गरेका हुन् ।

उनीहरुले २७ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुक्रयाउँदै अब संगै बस्न नसक्ने बताएका हुन् । जोडीले भनेको छ, ‘हामी अब जोडीका रुपमा एक अर्कालाई विश्वास गर्ने अवस्थामा छैनौं ।’

सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै यो जोडीले लेखेको छ, ‘हाम्रो सम्बन्धको लामो विचार विमर्शपछि हामीले वैवाहिक सम्बन्ध टुंग्याउने निष्कर्षमा पुगेका छौं ।’

सन् १९८० को दशकमा पहिलो पटक भेटिएका उनीहरु अन्ततः छुट्टिएका हुन् । असीको दशकमा मेलिन्डा बिल गेट्सको माइक्रोसफ्ट फर्ममा आवद्ध हुन पुगेकी थिइन् ।

उनीहरुका तीन सन्तान छन् । उनीहरुले संयुक्त रुपमा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन चलाउँदै आएका छन् ।

उनीहरुको वैवाहिक जीवन टुंगिएको भए पनि परोपकारी काम भने मिलेरै गर्ने पनि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित