पाँच सय ५० जना पत्रकार कोरोना संक्रमित, ७ को निधन

7
SHARES
15
VIEWS

काठमाडौं । कोरोना महामारी बढे संगै पत्रकारहरु पनि संक्रमित हुनेको संख्या बढेको छ । कोभिड—१९ को सङ्क्रमण पाँच सय ५० पत्रकारलाई देखिएको छ। नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले सोमबार विज्ञप्ति निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये ७ जना पत्रकारको निधन भएको बताए।

सङ्क्रमितमध्ये २० जना पत्रकारको अस्पतालमा उपचार भइरहेको र तीमध्ये २ पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

कोरोना सङ्क्रमण भई उपचारको आवश्यकता भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसंँग माग गरेका छन्।

विज्ञप्तिमा संवेदनशील घडीमा अनेक कठिनाइ भए पनि कार्यस्थलमा खटिने पत्रकारलाई अझ बढी गम्भीर र सचेत रहन आग्रह गरिएको छ।‘कतिपय शाखामा अक्सिजनसहितको आइसोलेशनको व्यवस्था गरिएको छ। यो विषम परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपत्कालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखासहित पत्रकारलाई महासंघ अनुरोध गर्दछ।’

यस्तै महासंघले कोरोना सङ्क्रमणको चुनौतीपूर्ण अवस्थामा कार्यस्थलमा खटिइरहेका पत्रकारका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य र सुरक्षा सामाग्री व्यवस्था गर्न सरकारसंँग माग गरेको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित