कालीकोट । नेकपा(माओवादी केन्द्र)पलांताका अध्यक्ष विष्णु रोकाया(इन्द्र)ले कोभिड महामारीको भयावह अवस्थालाई मध्यनजर गर्दै जनतालाई उच्च सर्तकता अपनाउनका लागि जनताको विचमा रहेर सेवा गरीरहेको बताएका छन ।
कर्नालि संचार संग कुरा गर्दै उनले जतिवेला सम्म जीवन चलिरहन्छ त्यति वेला सम्म संकट र महाबिपत्तिमा समाजसेवामा निरन्तर लाग्ने सिपाहि भएको दावि गरेका छन ।
उनले विगतमा दस बर्षे मुक्ति युद्दमा दुस्मनको बम र बारुद संग हाँसि हाँसि अग्र मोर्चामा गोलिका पर्रा संग शिर नझुकेको मान्छेलाई कोभिडको डरले लुक्नु पर्ने अवस्था नभएको बताए ।
कसैले लुकेको भन्ने कुरा सरासर भ्रम हो जनताको पक्षमा भन्दा आफ्नो स्वार्थका लागि अघि बढेकाहरुको मित्थ्या आरोप भएको बताएका छन ।
बरु सत्ताका मात लागेकाहरुले बाघको छालामा स्यालको रजाई भए जस्तै गरेर आफ्नो बाबुको सम्पति ठानेर सुगुरले आकाश देखे झै गरेको बताए । उनले भने समाजको वास्तविक सत्य छोडिएन ।कोभिड जावाको के डर छ र ।
नाफाको जिन्दगि। हो बांकी समय जनताको बिच रहने बताए । पछिल्लो समय माओवादी केन्द्रका गाउँ गाउँमा संगठन विस्तार लगाएत कार्यक्रम तिव्र पारेका रोकायाले कोरोनाका विचमा जनसेवक भएर अघि बढेको दावि गरेका छन ।
पलांता गाउँ पालिकामा स्थानिय सरकार र पार्टी विच विगत लामो समय देखि अन्तरविरोध रहदै आएको छ ।
Discussion about this post