रेडियो मेरो जिवन साथि जस्तै हो–बयोबृद्ध शाही

7
SHARES
15
VIEWS

कालीकोट । मध्यान्हको १२ वजेको समयमा खुद्रा पसलमा एक्लै बसेका सान्नित्रिवेणि गाउँ पालिकाका ७६ वर्षिया पदम बहादुर शाहीले काखमा रेडियो राखेर मस्त गित संगितमा व्यस्त थिए । पछिल्लो समयमा मान्छे नभएको समयमा रेडियो बजाएर दिन कटाउनु परेको बताउदै शाहीले रेडियो बुढेसकालको साथ भएको बताए ।

पदम बहादुर शाहीका छोरा जस बहादुर शाहीले संचालन गरेको पोरीवनको मुख्यद्धार ढोगन्नामा रहेको खुद्रा पसलमा रेडियो बजाउदै व्यापार गर्ने गरेको बताए । दैनिक जसो ग्राहक आएको समय बाहेक अन्य समयमा रेडियो सुनेर दिन विताउने गरेको शाहीले बताए ।

पुराना जमानामा राजाको जयजयकार गर्ने समयका आफुहरु अहिलेको विभिन्न दलहरुको शासनले आफुलाई वाक्क लाग्ने गरेको बताउदै माथिका नेताहरु झगडामा व्यस्त भएको देख्दा अर्कै महसुस हुने गरेको बताए । आफुले प्राय जसो समाचारमा ध्यान दिने गरेको बताउदै दिन दिनै झगडा मात्र हुने गरेको सुनिन्छ देश कता लिने हुन चिन्ताको विषय भएको बताए ।

पहिलेको तुलनामा गाउँमा विकास भएको तर राजाको जस्तो इमान्दारपन भने नभएको बताए । पञ्चायतकालमा सानो बजेटले ठुलो काम हुने गरेको बताउने शाहीले अहिले करोडौंका कुरा गर्छन तर विकास भने लाखको मात्र गर्ने गरेको गुनासो गरे । आफुले विहान ४ बजे निन्द्रा छोड्ने गरेको तर २ घण्टा पछि रेडियो संचालन हुने गरेकाले बुढाबुढी पारिवारिक रुपमा घर सल्लाहका कुरा गरेर रात विताउने गरेको बताउदै शाहीले दिनमा विहान रेडियो खुल्ने वित्तिकै ५ वजे देखि दिउसोको पटक पटक गरेर ५ देखि ६ घण्टा रेडियो चालु हुने गरेको बताए ।

पहिले तराईमा हुंदा विद्युतबाट रेडियो सुन्दै आएको र गएको वर्षको लक डाउन पछि घरमा आउंदा रेडियो किनेर सुन्दै आएको बताए । पहिले देशभरको खवर सुन्न पाइने एक मात्र रेडियो नेपालका कुडा राम्रा लाग्ने र रेडियो सुन्नका लागि गाउँमा प्रधानपञ्चलाई मात्र सरकारले रेडियो दिएको स्मरण गर्दै अहिले भने गाउँमा रेडियोको स्टेशन बनेका देख्दा आफु विगतमा भन्दा पनि अहिले जन्मिएको भए राम्रो हुने सोचमा रहेको बताए । कुनै जमाना ग्रामिण क्षेत्रमा रेडियो र टेपरिकोर्ड नभएको कुनै पनि घर थिएनन् ।

पछिल्लो समयमा विद्युत लगाएतका सुविधाका कारण रेडियोको सट्टा घर घरमा डिसहोम जोडेर टेलिभिजन हेर्नेको संख्या बढेको छ । रास्कोट नगरपालिका १ लहरेलाका राजबहादुर शाहीले विद्युत सुचारु भएपछि आफुले रेडियो सुन्नु भन्दा टिभि जडान गरेको बताए । पहिले रेडियो सुन्ने गरिन्थ्यो अहिले भने विद्युतको पहुंचका साथै सोलार जडान गरे भएपनि अनिवार्य टिभि हेर्नेको संख्या बढेको बताए ।

कालीकोट जिल्लामा पछिल्लो समयमा एफएम रेडियोको संख्या बढेको छ । सदरमुकाममा ५ वटा सामुदायिक एफ एम र रेडियो नेपालको एफएम रिले टावर गरे ६ वटा रहेका छन भने स्थानिय सरकारले सान्नित्रिवेणि,शुभकालिका र पलांता गाउँ पालिकामा एफएम संचालनमा ल्याएका छन । कयौं ठाउँमा रेडियोको अहिले सम्म जिल्लाका अधिकांस ठाउँमा भने रेडियो स्पष्ट सुन्न भने सकेको छैन ।

जिल्लाको तिलागुफा नगरपालिका र पलांताका अधिकांस ठाउँमा टेलिफोन सेवाको सहजता नहुनुका साथै रेडियो नेपाल स्पष्ट नसुनिने गरेको स्थानियको भनाई रहेको छ ।
गाउँ गाउँमा पार्टी पिच्छै एफएम रेडियो संचालन भएपछि सुचना तथा संचारको पहुंच हुन पुगेको बताइएको छ । पछिल्लो समयमा स्थानिय सरकारको गठन भएपछि त वाइफाइको तिव्र विकास भएको छ ।
रास्कोट नगरपालिका ८ निवासि डिल्लि टमट्टा विदेशमा रहेका छोरा संग भिडियो कल गरेर भलाकुसारी गर्ने गरेको बताइन । उनले वाइफाई नभएपनि फोर जि लगाएतका अन्य सेवाबाट सहज रुपमा विदेशमा रहेका आफन्त संग कुरा कानी हुने गरेकोमा खुशि व्यक्त गरिन ।

उनि संगै कयौं नागरिकहरु शान्तिकाल पछिको पहिलो गणतान्त्रिक सरकारका सुचना संचार मन्त्रि कृष्ण बहादुर महराले ल्याएको नारा अहिले व्यवहारमा परिणत भएको बताउछन ।
नेकपा(माओवादी केन्द्र)का नेता पौरख विकले महराले हात हातमा मोवाईल र घर घरमा इन्टरनेट भनेको कुरा १४ वर्ष पछि व्यवहारमा लागु भएको बताए ।
सुचना र संचारमा निकै पछि परेको कर्नालिका जनतामा संचारनको दुनियाँमा सहजता आएको प्रति तत्कालिन माओवादी सरकारका दुई ठुला उपलब्धि भएको बताउन थालेका छन ।

पहिलो अर्थमन्त्रि बाबुराम भटराईको युवाहरुलाई स्वरोजगार बनाउन युवा स्वरोजगार कार्यक्र र दोस्रो सुचना र प्रविधिको विकास दुई उपलब्धिलाई कर्नालिका जनताले नविर्सिने काम भएको बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित