तोलिभिडमा बाल शिक्षाको भवन अध्यक्ष सेजुवाल द्धारा सिलान्यास

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको वडा न. ६को तोलिभिडमा रहेको बज्यु पद्मावति वाल विकास केन्द्रको दुई कोठे भवनको सिलान्यास गरिएको छ । पचालझरना गाउँ पालिकाका अध्यक्ष खडगराज सेजुवालले आज एक कार्यक्रमका विच सिलान्यास गर्नु भएको हो ।

राष्टपति शैक्षिक सुधार कार्यक्रमको १८ लाख लगानिमा उक्त भवन बन्ने भएको हो । यस अघि सामान्य जस्ता पाताको छानामा बस्दै आएका वालवालिकाहरुलाई पक्कि भवन बन्ने भएपछि स्थानिय खुशि भएका छन ।

वालवालिकाहरुलाई सहज तरिकाले वालमैत्रि ढंगले बन्ने उक्त भवन समयमै निर्माण गर्न गाउँ पालिका अध्यक्ष सेजुवालले आग्रह गर्नु भएको छ । सिलान्यास कार्यक्रममा पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपाने,स्थानिय समुदायको उपस्थिति रहेको छ ।

पचालझरना गाउँ पालिकामा निशेधाज्ञको समयमा सामाजिक दुरी कायम गर्दै कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्डलाई आत्मसाथ गर्दै विकास निर्माणलाई निरन्तरता दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित