आरोहणमा कुनै स्वास्थ्य जोखिम छैनः पर्यटन मन्त्रालय

7
SHARES
15
VIEWS

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनै पनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ ।

वसन्त यामको जारी सगरमाथा आरोहणमा संलग्न केही आरोहीमा कोभिड–१९ सङ्क्रमण देखिएको भनी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाउदैँ विज्ञप्ति निकालेर प्रचार गरिएजस्तो सगरमाथामा कुनै जोखिम नरहेको स्पष्ट पारेको हो । नेपालका केही तथा विदेशी सञ्चारमाध्यमले सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै पछिल्ला दिनमा समाचार प्रकाशन–प्रसारण गरेका थिए ।

वसन्त यामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका र सबै आरोही समूहले सगरमाथासहितका पर्वतारोहणसम्बन्धी क्रियाकलाप सम्भव भएसम्म स्वास्थ्य मापदण्डहरु पालना गर्दै आरोहण अभ्यास गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पर्यटन विभागले हरेक आरोही दलको आरोहण गतिविधि, घटना र महत्वपूर्ण समाचारका लागि हरेक समूहका लागि एक/एक सम्पर्क अधिकृत खटाइएको छ । उनीहरुले आरोहण दलका नेताको सम्पर्कबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको आधारमा पर्वतारोहीको स्वास्थ्य स्थितिका सम्बन्धमा यकिन गरिने हुँदा हालसम्म प्रचार गरिएजस्तो स्वास्थ्य जोखिम भएको जानकारी प्राप्त भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित