अध्यक्ष लक्ष्मण बमले खाडाको विद्यालयमा लगाएको ताला ३ महिना सम्म खुलेन

7
SHARES
15
VIEWS

कालीकोट । पलांता गाउँ पालिकाको एक विद्यालयमा अध्यक्ष लक्ष्मण बमले लगाएको ताला  ३ महिना पुगि सक्दा पनि खुलेको छैन ।

“गएको फागुन २ गते मध्यान्हको समयमा ठुलो जत्था सहित उपस्थित भएका गाउँ पालिका अध्यक्ष लक्ष्मण बमले एका एक विद्यालय प्रशासनलाइ विना जानकारी ताला लगाएर जानु भएको हो सो दिन पछि फेरी अध्यक्ष आउनु भएन” हामीले ताला खोलनौ गणेश आधारभुत विद्यालयका प्रधानध्यापक सर्पानन्द न्यौपानेले बताए । उनले भने “आफु पढाउने क्रममा केही नबोलेर ताला लगाएर फर्किनु भएको हो अहिले सम्म के कति कारणले ताला लगाइएको हो किन खोलिएन अभिभावक जनप्रतिनिधि तथा राजनैतिक दलका प्रतिनिधिलाई जानकारी गराएको ताला नखुलेको प्रति न्यौपानेले दुखेसो पोखे ।”

विद्यालयमा कक्षा कोठाको अभावमा खुला मैदानमा पढाउने काम भयो तर कसैको ध्यान नपुगेको उनको भनाई रहेको छ । यस सम्बन्धमा पलांता गाउँ शिक्षा शाखाका प्रमुख रण प्रसाद भट्टले आफुलाई त्यसका बारेमा जानकारी नभएको बताउदै भौतिक पुर्वाधार तर्फ भएकाले अध्यक्ष लक्ष्मण बम र विद्यालयका प्रधानध्यापक सर्पानन्द विचको अन्तरविरोध रहेको बताए । उनले भने आफुलाई जानकारी भए सम्म अध्यक्ष लक्ष्मण बमले आफ्नो स्वलगानिमा निर्माण गरेको भन्ने छ सो भवन विद्यालयले बुझ्न नमान्दा त्यसो हुन गएको बताए ।

आफुले दुबै पक्षका विचमा समास्या समाधानका लागि कुरा भएको हो । तर के कति कारणले खोलिएन भन्ने प्रश्न गर्दै खुला चौरमा पढाई नभएको जिकिर गरे । उक्त दुई कोठे भवनमा १० लाखको लगानिमा नाइवाडाका छत्र बमले बनाएको बताउदै विद्यालय र यहाँका कुनै पनि समुदायलाई जानकारी नदिएर बनाएको भवनमा आफुहरुले कसरी जिम्मा लिने बताउदै प्रधानध्यापक न्यौपानेले आफै भवन लगाउने र सम्पन्न भएपछि ताला लगाएर बन्द गर्नका लागि भवन किन बनाएको आफुहरु अनविज्ञ रहेको बताउदै अब नयाँ सरकारका जनप्रतिनिधि आएपछि खुल्ने बताए ।

विद्यालयमा लगाइएको तालाका बारेमा गाउँ सभमा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा वडा सदस्य विरेन्द्र बहादुर हमालले कुरा उठाएको सो समयमा अध्यक्ष लक्ष्मण बमले एक हप्ता भित्र गएर ताला खोलेर विद्यालयलाई भवन हस्तान्तरण गर्ने अभिव्यक्ति समेत दिएका थिए ।
पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बमले उक्त विद्यालयको भवन आफ्नो व्यक्तिगत लगानिमा बनाएको र प्राविधिक स्टामेट अनुसार काम नभएको भन्दै ताला लगाएको दावि गर्दै आएका छन ।
यस अघि पलांताको थिर्पूमा जग्गाको सिचाई कुलो भत्काएको भन्दै सडकमा लगाइएको पर्खाल ९ महिना सम्म पर्खाल कायमै रहेको थियो । पलांता गाउँ पालिकाले उक्त पर्खाल भत्काउन कुनै पनि पहल गरेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित