पचालझरनामा विभिन्न योजनाको अध्यक्ष सहितको टोलि द्धारा अनुगमन(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा चाल आर्थिक वर्षका विकास निर्माणका काममा गाउँ पालिका अध्यक्ष सहितको टोलि द्धारा अनुगमन तिव्र पारिएको छ । पछिल्लो समयमा काम समयमै नहुने र बजेट निकाशामा कठिनाइ आउन नदिन अनुगमनलाई तिव्र पारिएको हो ।

सोमबार पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपाने, वडा न.४का अध्यक्ष तथा प्रवक्ता अनरुप रोकाया,वडा न.९का अध्यक्ष जोरासिंह तिरुवा लगाएतको टोलि द्धारा चार वटा योजनाको अनुगमन गरिएको हो । पचालझरना गाउँ पालिकाको वडा न. ९कोटिला र तिखात्तिमा संचालनमा आएका योजनाहरुको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा वडा न. ९को कोटिलामा रहेको कालिकादेवि आधारभुत विद्यालयको दुई कोठे भवनको समेत सिान्यस गरिएको छ । विगतका वर्षहरुमा काम ढिलो हुने परिपाटीले कठिनाई हुने भएकाले यस वर्ष समयमै काम पनि हुने र कामको गुणस्तर राम्रो हुने भएकाले अनुगमन थालिएको गाउँ पालिका अध्यक्ष सेजुवालले बताउनु भएको छ । वहाँले भन्नु भयो पचालझरना गाउँ पालिकाको पणेक्षा अल्के जोड्न सडक निर्माण भएपछि गाउँ पालिकाका सबै वडा सडक संजालमा जोडिने बताउदै सडक स्तर उन्नतिको काम तर्फ लागेको बताउनु भएको छ ।

पछिल्लो समयमा संचालनमा आएका महत्वकाक्षि योजनाहरु फुगाढ लैफु हुलागि सडकको तिखात्ति भिटाको सडक, तिखात्तिको चाटे छहरा सिचाई कुलो,भराबगर कोटिला सडकको स्तर उन्नति र तल्लो कोटिला हुंदै विस्खेत सम्मको सिचाई कुलोको अनुगमन गरिएको हो । मुख्यमन्त्रिको गाउँ रहेको वडा न. ९मा हाल एक दर्जन बढि योजनाहरु संचालनमा रहेका छन ।

वडा न. ९का वडाध्यक्ष जोरे तिरुवाले यस वडामा संचालनमा आएका योजनाहरु समयमै सम्पन्न गर्ने र गुणात्मक हुने दावि गर्नु भएको छ । अहिले सडक निर्माणमा रहेकाले सिचाई कुलोमा कठिनाई आएको भएपनि तत्काल समस्या समाधान हुनेमा वडा अध्यक्ष तिरुवाले बताउनु भएको छ । वहाँका अनुसार गाउँ पालिका संग समन्वय गरेर सिचाई कुलो तत्काल संचालनमा ल्याउन पहल चालेको बताउनु भएको छ ।
पचालझरना गाउँ पालिकामा महत्वका रुपमा हेरिएका आधा दर्जन बढि योजना रहेको बताइएको छ ।

जस अन्तरगत काृल्थृ सिचाई आयोजना,फुगाड लैफु हुलाकि सडक,जारकोट पलांता सडक,पणेक्षा सिकु घाट सम्मको सडक र एक घर एक धाराले निरन्तरता पाएका छन । पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले लाफा हुंदै खार्दु देखि पचालझरना सम्मको सडक निर्माणाधिन रहेको र त्यो बाहेक अन्य वडामा काम तिव्रगतिले अघि बढेको बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकामा भएका राम्रा कामको जिल्ला भर प्रशंसा भएको दावि गर्दै उपाध्यक्ष तारा न्यौपानेले गाउँ पालिकामा नमुना कामका रुपमा रहेका गोठालो भत्ता,खरको छाना मुक्त गाउँ लगाएतका कामले उदाहरणिय भएको दावि गर्नु भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित