पणेक्षा देखि सिकु सम्मको सडक एक हप्तामा सम्पन्न गर्न अध्यक्ष सेजुवालको निर्देशन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको केन्द्र पणेक्षा देखि सिकु सम्मको निर्माणधिन सडकको अनुगमन गर्र्दै पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले एक हप्ता भित्र काम सकाउन निर्देशन दिनु भएको छ ।

कामको जिम्मा लिएका स्थानिय ठेकेदारलाई मात्र ५० मिटर बांकी रहेकाले उक्त सडक जोड्न र सडक व्यवस्थापन गरेर अघि बढ्न अनुरोध गर्नु भएको हो । सिकु डोठे देखि पणेक्षा सम्म रहेको १६ किलोमिटर सडकको काम सम्पन्न भएकाले उक्त सडक गणतन्त्र दिवसका अवसरमा उद्घाटन गरिने भएको छ ।

यस सडकको काम तिव्रगतिमा सम्पन्न गर्न निर्देशन दिदै अध्यक्ष सेजुवालले जेष्ठ १५ गते उद्घाटन गर्ने घोषणा गरिसक्नु भएको छ ।

मंगलवार सडकको अनुगमन गर्दै छोटो समयमा काम तिव्रगतिले अघि बढेको बताउदै एक हप्ता भित्र सम्पन्न भएपछि सडकको उद्घाटन हुने बताउनु भएको छ । उक्त सडक शुरु भएपछि पणेक्षा देखि धमालि हुंदै सिकु सम्म मोटरसाइकल लगाएतका साधनहरु संचालनमा आउने बताइएको छ ।

पछिल्लो समयमा पचालझरना गाउँ पालिकाको विजुलि ओढार देखि नानिकोट सम्मको सडक,भुरावगर देखि कोटिला हुंदै तिखात्ति सम्मको सडक, जारकोट देखि बांझकोट सम्मको सडकहरु संचालनमा आएका छन । लाफा हुंदै खार्दुको सडक निर्माणधिन अवस्थामा रहेको बताइएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित