कर्णाली प्रदेशमा कोरोना खर्चको संसदीय समितिले लेखाजोखा माग्यो

7
SHARES
15
VIEWS

सुर्खेत,जेठ । कर्णाली प्रदेश सरकारले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि गरेको खर्चमाथि संसदीय समितिले लेखाजोखा मागेको छ ।

प्रदेशसभा अन्तर्गतको विधायन तथा प्रदेश मामिला समितिले सरकारले गरेको खर्च विवरण माग गरेको हो । प्रदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना भएको उच्चस्तरीय प्रदेश विपद् व्यवस्थापन कोषबाट हालसम्म भएको खर्चको विवरण माग गर्ने निर्णय गरेको समितिका अध्यक्ष पदमबहादुर रोकायले जानकारी दिए ।

अध्यक्ष रोकायका अनुसार धेरै दाताहरूले उक्त कोषमा सहयोग प्रदान गरेको र खर्च पारदर्शी हुनुपर्ने कुरा उठेको कारण खर्चको विवरण माग गर्ने निर्णय गरिएको हो ।

यसअघि नै संसद्बाट पारित भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण समेत भइसकेको लोकसेवा ऐनमा त्रुटि भेटिएपछि संशोधन गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित