कालीकोट । कोरोनाका कारण २५ दिनपछि कालीकोट जिल्लाको सान्नित्रीबेणी ६ का एक वृद्धको मुम्बईमा कोरोनाबाट ज्यान गएको छ ।कामको सिलसिलामा भारत गएका मेहलमुडिका नैने सुनारको ज्यान गएको हो ।
मुम्बई स्थित एक क्लिनिकमा २५ दिन सम्म आइसियुमा उपचार गरिरहेको अबस्थामा मृत्यु भएको मृतकका भाइ हंशे सुनारले बताएका छ्न । उनका अनुसार नैने सुनारका छोरा गोरख सुनारको कोरोना पोजिटिभ रहेको र उपचार जारी रहेको बताइएको छ ।
करिब तीन लाख रकम खर्च गरेर ज्यान बचाउन नसकिएको बताइएको छ ।
अहिले भारतमा रहेका दुई दर्जन बढिको ज्यान गुमाइसकेको भारतीय संचार माध्यमले बताएका छन।
Discussion about this post