कोरोना कहर : क्वारेन्टाइन व्यवस्थापनमा जनप्रतिनिधि

7
SHARES
15
VIEWS

कालीकोट जेष्ठ । जिल्लामा भारतबाट भित्रिने क्रम संगै क्वारेन्टाइनमा राख्ने काम अहिले चलिरहेको छ ।

जिल्लाका नौ वटा स्थानिय तहमा भारत तथा तेस्रो मुलुकबाट आउने नागरिकहरु दुई हजार सात सय बढि आइसकेका छन भने आउने क्रम बढिरहेको छ । कालीकोट जिल्लामा क्वारेन्टाइन व्यवस्थापनमा नगर तथा गाउँ पालिकामा दुर्त गतिले काम भइरहेको छ । पहिलो चरणमा साधारण पाल टांगेर आपतकालिन व्यवस्थापन गरेको रास्कोट नगरपालिका वडा न. ७ पोखरीचौरमा क्वारेन्टाइनको व्यवस्थापन नमुना योग्य गरेको छ । क्वारेन्टाइन व्यवस्थापनमा त्यहाँका जनप्रतिनिधिहरु अहोरात्र खटिएको र व्यवस्थित क्वारेन्टाइन बनाइएको नगरपालिका उपप्रमुख मिमसरा शाहीले बताउनु भएको छ । वहाँले भन्नु भयो ३सय १६ जना आइपुगेको र तिनिहरु सबैको रिर्पाेट नेगेटिभ आएकाले उपचारबाट निको भएर विदाइ गर्ने अवसर आउने आशा व्यक्त गर्नु भएको छ ।

 

नरहरिनाथ गाउँ पालिकाले खुलालुमा दुइ सय बेडको क्वारेन्टाइन निर्माण गुर्नका साथै यस अघि आएका नागरिकहरुको व्यवस्थापन भने जिल्ला सदरमुकाम मान्ममा रहेको होटल चन्द्रसुर्यमा गरेको छ ।पचालझरना गाउँ पालिकाले विद्यालयमा दुइ सय ५० नागरिकलाई व्यवस्थापन गरिसकेको बताइएको छ । त्यसै गरी पलांता गाउँ पालिकाले पचालझरनाको घाटाचौरमा क्वारेन्टाइन बनाउने काम शुरु गरेको बालऋषि न्यौपानेले बताउनु भएको छ ।

घाटाचौरमा बन्दै गरेको क्वारेन्टाइन

तिलागुफा नगरपालिकाले विद्यालयमा क्वारेन्टाइनको व्यवस्थापन गरिसकेको छ । खांडाचक्र नगरापलिकाले जिल्लाको तिलाकर्णालि बहुमुखिक्याम्पस ताडी, पञ्चदेव मावि मान्म लगाएतका ठाउँमा व्यवस्थापन गरेको छ । उता शुभकालिका गाउँ पालिकाले पनि विद्यालयमा क्वारेन्टाइनको व्यवस्थापन गरेको बताइएको छ ।

जिल्लामा भने यस अघि संचालनमा ल्याइएको एकिकृत भवनमा आइसोलेसन सहितको व्यवस्थापन गरी जिल्लाको तिलागुफा नगरपालिकाको सत्यदेवि माविमा रहेका १९ जना कोरोना संक्रमितलाई ल्याइ उपचार शुरु गरेको जिल्ला अस्पताल व्यवस्थापन समिति कालीकोटका अध्यक्ष सरोज बोगटीले बताउनु भएको छ । उनीहरु १३ जना शुभकालिकाका हुन भने ५ जना महाँवै गाउपालिकाका हुन् ।  एक जना बाजुराका भएको बताइएको छ ।

 

वहांले भन्नु भयो । दिनरात लागेर व्यवस्थापन गरियो तत्कालका लागि आइसोलेसन तयार गरेका छौं खान बस्ने वातावरण भएको छ कठिन समयमा आर्थिक अभावमा काम भयो । जिल्लामा पहिलो पटक कोरोना असपतालका रुपमा एकिकृत भवनलाई प्रयोग गर्ने भनि केही समय पहिले कर्णालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही सहितको टोलिले अनगुमगन गरेको थिाये । कालीकोटमा भारतबाट आएका नागरिकहरुलाई उचित व्यवस्थापनमा सम्पूर्ण स्थानिय तह युद्ध स्तरमा लागि परेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित