रास्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार दिने त्रिपाठि प्रहरी नियन्त्रणमा

7
SHARES
15
VIEWS

काठमाडौं । प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई पक्राउ गरेको छ ।

राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई गोबर उपहार दिन बानेश्वरमा भेला भएका विद्यार्थी नेता त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो भितामा टास्दै मुखमा गोबर लगाइदिएका थिए ।

मध्यरातमा संविधानको चीरहरण गरेको प्रतिगामी कदमविरुद्ध प्रतिकात्मक विरोधस्वरुप राष्ट्पति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाउने नेविसंघको कार्यक्रम थियो ।

नेविसंघले त्रिपाठीको रिहाइको जोडदार माग गरेको छ । नेविसंघका महामन्त्री बलदेव त्रिमल्सिनाले त्रिपाठीको गिरफ्तारप्रति घोर भत्र्सना गर्दै तत्काल विनाशर्त रिहाइको माग गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित