कालीकोट । खाडाचक्रको कालेखोला देखि नरहरिनाथ जोड्ने कर्नाली नदिको लालु खुलालु पुलमा काम गर्ने प्राबिधिक उदय भण्डारीको गएराती निधन भएको छ । कन्काइ नेपाल प्रगती जे भिका तर्फबाट काम गर्दै आएका भण्डारीको निधन प्रती सडक डिभिजन कार्यालय जुम्लाले दुख ब्यक्त गरेको छ ।
सडक डिभिजन कार्यलय जुन्लाका प्रमुख लिला बहादुर भण्डारीले अहोरात्र खटिदै आएका प्राबिधिक भण्डारी पुल बन्न लाग्दा निधन भएकोमा दुख ब्यक्त गरिएको छ ।
ज्वरो आएर बिरामि भएका भण्डारीलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउदा अन्तिम अवस्था रहेकोमा बचाउन नसकिएको जिल्ला अस्पतालका डा. बसुद्दिन अन्सारीले बताए ।
दाङ घोराहि निबासी भण्डारीको बिरामको टुङ्गो नलाग्दै एका एक निधन भएको कन्काइ नेपाल जिभीले जनाएको छ ।
Discussion about this post