शान्तिका लागि गौतम बुद्धले अघि सारेको बाटोमा अघि बढ्न प्रचण्डको आग्रह

7
SHARES
15
VIEWS

काठमाडौं । गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा  शुभकामना व्यक्त दिदै नेकपा माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षका लागि आग्रह गर्नुभएको छ ।

गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्याउनु भएको योगदान नेपालीहरुका लागि गर्वको कुरा भएको भन्दै पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिकाविरुद्ध संघर्षमा उत्रिनु पर्ने अवस्था आएको बताउदै परिवर्तनगामी शक्तिका सामु सबैले एक जुट भएर प्रतिकार गर्नु पर्ने बेला आएको बताउनु भएको छ ।

बुद्धजयन्तिका बारेमा प्रधानमन्त्रि लगाएतले शुभकामना सन्देश व्यक्त गर्दै बुद्धका उपदेश लागु गर्नु पर्नेमा जोड दिएका छन । देशभर आज बुद्धजयन्तिका बारेमा विविध कार्यक्रम गरी मनाइदै छ । बुद्ध जयन्तिका साथ आज किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गरी चाडपर्व मनाउन र आफू र आफ्नो समाजलाई सुरक्षित राख्न भूमिका निर्वाह गर्ने विश्वाससहित उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित