प्रतिगमन बिरुद्ध कालीकोटका राजनैतिक दल द्वारा सयुक्त अपिल

7
SHARES
15
VIEWS

कालीकोट । प्रतिनिधि सभाको दोर्सो पटक गरिएको बिघटनको कालीकोटका पाँच दलले बिरोध जनाउदै संघर्षका लागि अनुरोध गरेका छ्न ।

जिल्ला स्थित राजनैतिक दलहरुमा नेपालि काङ्ग्रेसका सह सचिब दमन बहादुर शाही,नेकपा माओवादी केन्द्रका अध्यक्ष धनजित शाही, नेकपा एमालेका का बा अध्यक्ष कृष्णकला पाण्डे , रा ज मो का काबा अध्यक्ष कृष्ण शाही र मधेशी समाजबादीका अध्यक्ष  माधब उपाध्यायले हस्ताक्षर  गरेका छ्न ।

पाचै दलका प्रतिनिधिहरुले  प्रधानमन्त्रीको सिफारिसमा रास्ट्रपतिले गरेको प्रतिनिधि सभामा संविधानको धारा ७६ को उपधारा ४ बमोजिम बिश्वासको मत लिनु पर्नेमा आफ्नो अल्पमत देखेर मध्यराती संसद विघटन गर्ने काम संविधान बिपरित भएकाले रास्ट्रपतिको उक्त कदमको बिरोध गर्दै संविधानको रक्षाका लागि सबैले अग्रसर भएर लाग्न अनुरोध गरिएको छ ।

देशमा बहुमतको सरकार बन्ने निश्चित भएपछी स्वैच्छाचारी कदम चालेकोमा १४९ जना संसद सहितको बहुमतको रिट निबेदन सहित सर्बोच्च अदालतमा गैसकेको बताइएको छ ।

साथै अपिलमा मुलुकमा नयाँ राजनैतिक धुर्बिकरण र जटिलता थपिएको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एक भएर विद्यार्थी ओलि कदमका बिरुद्द राजनैतिक कानुनी प्रक्रियामा संघर्षमा उत्रिन अपिल गरिएको छ ।

बिज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित