सोति घटना र जातिय विभेद : अनुभुति

7
SHARES
15
VIEWS

हरेक कालखण्डमा हामी संग एउटा न एउटा कोतपर्ब भयकै छ।।आज जुन कोतपर्वको म अमिलो घटना सम्झन चाहान्छु जातको आधरमा घटेको घटना जसलाई हामी सोति रूकुम नरसंहार भनेर चिन्छौ। जहाँ अभोध यहि देशका गहकिला युवा ६ जनालाई बिभत्वस् तवरले मारि भेरि नदिमा बगाई दियको बर्ष दिन पुगेको छ।।जसको याद मलाई अनि यो देशलाई मात्र हैन यो आङ्ग नै सिरिङ्ग हुने घट्ना बिश्वभर नै अबगत छ।।
जसको आत्मको चिरशान्तिको कामना गर्दै ।
ती बिषयमा न्याययिक छानबिनमा प्रश्न गर्न चाहान्छु।जुन प्रश्न मेरो या एकल समुदायको नहोस हामी न्यायबिहिन समस्त नेपालिको होस।।
१.जुन घट्ना तमाम दुनियाँलाई था थियोे र३५ जनालाई हिरासत मा लिगि अनुसन्धान नै अपुरो गरि किन छाडियो ?
२.ज(जसलाई हिरासतमा लिगियो आधा अपुरो अनुसन्धान बाटै ११ जना कसरी बाकि पारियो ?
३.र यहाँ दबदबा मै अन्तिममा आज ती ११ जनालाइ पनि सफाइ दिदै घटना नै बिलिन किन बनाईयो ?
मेरो बिन्ति समपुर्ण स्वतन्त्र नागरिक हरूमा कि आज त्यो शोति रूकुम नरसंहार लाई किन कानुनि फायल बाटै गायब गराईयो जसको अनुसन्धान निस्पक्ष्य रूपमा भै आवाज बुलन्द पारि दिनु हुन अनुरोध गर्दछु सबै सबै न्यायप्रेमि जनताहरूलाइ ।
सोति घटना दलित माथिको अन्याय मात्र होइन जातिय विभेदको चरम पराकाष्ठा हो ।

हामीले दलित भएर एक्काइसौ शताव्दिमा ढुक्क साथ भन्न नपाउनु कहाँ सम्मको उत्पिडन हो कहिले सम्म सहेर बस्ने ?हामीले हाम्रो अस्तित्वका लागि निरन्तर आवाज बुलन्द पार्नु मात्र होइन अघि लागेका अगुवाहरु (चाहे ति दलित हुन चाहे गैर दलित)ले विगारेको प्रबृति हो ।हामी आज रुकुमको सोति घटनाका मृतकहरु झै अन्य गैरदलितका भएको भए विश्वस्तरमा प्रोपोकाण्डा हुन्थ्यो होला ?

देशि विदेशी मानव अधिकारकर्मि गुहार्थे होला तर सोतिमा संलग्न दलित युवाहरुले ज्यान गुमाएको वर्ष वित्यो तर अन्यायको विरुद्ध खोई लेखिएको ? कहिले सम्म जातिय दमनमा रहने कहिले सम्म हामी दब्बु मानसिक्तामा रहने अनि हामी माथि उनिहरुको राज हुने कस्तो देशमा हामी हुर्किरहेका छौं ।

त्यसैले शासन प्रणालिमा सुधार मात्र गरेर पुग्दैन । शासकको मन मष्तिस्कमा परिर्वतन हुनु आजको आवश्यक्ता हो ।

लेखक  : शेर बहादुर विक (नरहरिनाथ ४ गोठि)सामाजिक क्षेत्रमा काम गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित