कालीकोटका जनबादी गायक बिहानिले गरे गिनिज बुकमा रेकर्ड

7
SHARES
15
VIEWS

कालीकोट । सुन्दा सुनाउँदा कथा जस्तो लाग्छ कहानीहरु । अन्धकार भित्र विहानी खोज्न जनयुद्धमा लाम लागेका थिए त्यसबेला तमाम लाखौं विहानीहरु ।

हो, तिनै अन्धकारभित्र उज्यालो खोज्ने एक योद्धा हुन विहानी बिक जो उज्यालो खोज्न क्रान्तिको समरमा लाम लाग्दा आफ्नै आँखाको ६० प्रतिशत ज्योती गुमाउन विवश भए उनी यातनाबाट ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारलाई राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा ४० सुत्रिय माग राख्दा बेवास्ता गरेसँगै तत्कालीन नेकपा माओवादीले २०५२ फागुण १ गतेबाट सशस्त्र संघर्षको उत्घोष गर्दै जनयुद्धको घोषणा गरे । हो, त्यही जनयुद्धमा १३ वर्षको कलिलो उमेरमा २०५६ बैशाखबाट माओवादीमा आवद्ध भई गीत संगीतको माध्यमबाट क्रान्तिको बाटोमा चाहेको बेला प्राण उत्सर्ग गर्न तयार रही लामबद्ध भए विहानी ।

बुबा कर्णबहादुर लोहार र आमा कौशीला लोहारको कोखमा वि.सं. २०४३ साल कात्तिक १८ गते कालीकोट जिल्लाको खाँडाचक्र नपा–२, कोेईरलगाउँमा जन्मेका हुन बिहानी बिक ।

जनयुद्धकालमा गीत संगीतको माध्यमबाट जनतालाई चेतना फैलाउँदै जागरुक गराउँदै हिड्ने क्रममा हुम्ला, जुम्ला, मुगु, दैलेख, जाजरकोट, कालिकोट, रुकुम, रोल्पा र सुर्खेत लगायतका थुप्रै जिल्लाका गाउँ बस्तीहरुसँग परिचित भए बिहानी ।

कान्जिरोवा जनसाँस्कृतिक परिवार निर्माण गरी अध्यक्षको भूमिका निभाउँदै २०५९ सालतिर जनताका गीतहरु गाउँदै बिहानी ल्यााउन तल्लीन रहे बिहानी । हुम्ला, डोल्पा र मुगु जिल्लाको बीचमा अवस्थित कानजेरोवा हिमालको नामबाट बनेको कानजेरोवा जनसाँस्कृतिक परिवार पछि २०६० सालमा कम्पनीमा परिणत भए तापनि बिहानीले अध्यक्षकै भूमिका निभाए भने कम्पनी कमिसार थिए देविराम देवकोटा “असिम“ जो २०५८ सालमा सुर्खेतकोे जेल ब्रेकर मध्येको एक सदस्य हुन् ।
यसरी जनवादी गीत गाउँदै बस्ती बस्ती ब्यूँझाउँदै हिड्ने क्रममा २०६१ सालको अन्त्यतिर शाही सेनाको गिरफ्तारमा परेका उनलाई सुर्खेत जिल्लाको वीरेन्द्रनगर स्थित थापा होटलमा साँढे तीन महिना नजर बन्दमा राखे उनलाई ।

नजर बन्दमा राख्दा दिएको यातना र क्रुर ज्यादतीले उनको बाँया खुट्टा र दायाँ हात रडले हानेर भाँचिदिनुको साथै टाउको फुटाईदिए त्यतिले मात्रै ज्यादती रोकिएन करेन्ट लगाउँदा उनको आँखाको ६० प्रतिशत ज्योती लुटे हाल उनी ४० प्रतिशत मात्रै आँखा देख्दछन् ।
साँढे तीन महिना लामो नजरबन्द पश्चात् सुर्खेत जिल्ला कारागारमा १८ महिनासम्म राखे पछि २०६२÷६३ को जनआन्दोलन पश्चात् आतंककारी अध्यादेश खारेजीसँगै जेलबाट मुक्त भए बिहानी ।

साँढे तीन महिना नजरबन्द, १८ महिना जेल जीवन पश्चात सुर्खेतको जनसेनाको शिविरमा ६ महिना बिताए पछि कालिकोट गई चुली जनसाँस्कृतिक परिवार निर्माण गरी अध्यक्षको भूमिका निभाउँदै भेरी राज्य समितिको सदस्य समेत बने बिहानी ।
२०६५ सालपछि भारतको अवाला सिटीबाट संगीतमा सिनियर डिब्लोमा सकेर काठमाडौं आई विधागत अध्ययनमा व्यस्त रहे उनी । यसरी अनेक हण्डर, ठक्कर खाँदै गीत संगीतमा अनवरत लागि परेका बिहानीले २०७३ सालमा निपेश ढाकाद्वारा लिखित विश्व पर्यावरणीय गीत “जोगाउ जल, जमिन, जंगल यही हो हाम्रो धन, नयाँ नेपालको संकल्प“ गाउने अवसर पाए जुन गीत ३ सय ६५ जनाले गाएका थिए । त्यसै गीतबाट जनवादी गायकहरु बिहानी लगायत प्रगति हिङमाङ र धनु ज्याङमीले गिनिज बुकमा नाम लेखाउँन सफल भए । यसरी गिनिज बुकमा नाम लेखाउँन सफल तीन जना मध्ये प्रकृति हिङमाङ बिहानीको जीवन साथी हुन् । उनको जीवन साथीको पनि युद्धकालमा जनयुद्ध दिवस मनाउँने क्रममा जिलेटिनले लागि उनको जीवन साथी प्रकृति हिङमाङकोे पनि आँखाको ज्योती गुमाउन विवश भईन, हिङमाङ अहिले दृष्टिविहिन छिन् ।

उपचारको क्रममा भारतको चेन्नाई नेत्रालयले नेपाली १६ लाख जति भएमा आँखा पुन देख्न नसकिने बताए तापनि आर्थिक अवस्था कमजोरका कारण दृष्टिविहीन भएर बस्न विवश छिन् हिङमाङ । गिनिज बुकमा नाम लेखाउँन सफल जनगायक दम्पती हाल काठमाडौंमै बस्छन् र बिहानी गीत संगीतकै क्षेत्रमा रेकर्डिङ, मिक्सिङ, संगीत लगायतको काम गर्दै आईरहेका छन् ।

बिहानीले आफ्नी जीवन साथी हिङमाङको आँखा उपचारको लागि प्रचण्ड लगायत हरेक नेताहरुको ढोका ढक्ढक्याउन बाँकी राखेनन् तर कतैबाट सुनुवाइ भएन । तर कतै दानी र सहयोगी हातहरु पाइनेमा आशातित छन् उनी ।

# समय दृस्टिबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित