पचालझरनाको पणेक्षामा स्थायी संरचना बन्दै

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको प्रशासनिक केन्द्र रहेको पणेक्षामा स्थायी संरचना बन्न थालेका छ्न । पणेक्षामा भौतिक संरचना नभएको भन्दै काम गर्न कठिन हुने आवाज उठिरहदा पक्की भवन तथा अन्य संरचना बन्न थालेका हुन ।

पणेक्षामा राष्ट्रिय स्तरको रंगशाला,प्रशासनिक भवन लगाएतका भवन बन्न शुरु भएको बताइएको छ । पचालझरना गाउँ पालिकाले प्रशासनिक भवनका लागि बोल पत्र प्रकासित गरेको छ भने रंगशालाको काम शुरु भएको छ ।
पछिल्लो समयमा सौय उर्जा जडित सामुदायिक सेवा केन्द्रको भवन अन्तिम चरणमा पुगेको छ ।

क्याफ्स कर्नाली परियोजनाको सहयोग तथा हुरुण्डेक कालीकोटको प्राबिधिक सहयोगमा काम भइरहेको बताइएको छ । उक्त भवनमा १ करोड २९ लाख ५० हजार ७ सय ७९ रुपैयाँमा काम भएको र ८ महिना भित्र सम्पन्न गरिने निर्माण गर्ने सस्थाले जनाएको छ । ८ कोठा रहेको उक्त भवनमा घेरबार सहितको ब्यबस्थापन गरिएको छ ।

निर्माणमा सहभागी रहेको ५४ घरधुरी मध्ये  ५ सय ५७ घर धुरीका ५ हजार ५ सय ५७ जनसंख्या लाभान्वित हुने जनाइएको छ ।

यस भवन निर्माण भएपछी प्रशासनिक काम कार्बाहिमा सहज हुने गाउँ पालिका अध्यक्ष खडगराज सेजिवालले बताउनु भएको छ । अध्यक्ष सेजुवालले आफ्नो कार्यकालमा पचालझरनाका प्रत्येक वडामा स्थायी संरचना बनाउने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित