सान्नित्रिवेणिमा गाउँ पालिकाको आफ्नै भवन बन्दै

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय तहमा अस्थायि संरचनामा काम भइरहेको अवस्थामा विभिन्न स्थानिय तहमा स्थायि संरचना बन्ने क्रम बढेको छ ।

सान्नित्रिवेणि गाउँ पालिकामा प्रशासनिक भवनको काम अन्तिम चरणमा पुगेको छ । सान्नित्रिवेणि गाउँ पालिकाको लागतमा बन्ने उक्त भवन निर्माण संगै बजारीकरणमा तिव्रता आएको बताइएको छ ।

सान्नित्रिवेणि गाउँ पालिकाका प्रवक्ता भरत विकका अनुसार गाउँ पालिकाको ७५ लाख बजेटमा उक्त भवन निर्माणको काम भईरहेको बताएका छन ।उनका अनुसार सान्नित्रिवेणि गाउँ पालिकाका वडा न. ५ बाहेक सबै वडाहरुमा पुराना तथा भाडामा कवडा कार्यालय संचालनमा रहेको बताउदै आउने वर्षमा स्थायि संरचनाका लागि जोड दिने बताए । गाउँ पालिकाको प्रशासनिक भवन दुइ तलेको ८ कोठा हुने बताइएको छ ।

कामको जिम्मा लिएका  देवनारायाण संज्यालका अनुसार प्रशासनिक भवन यस आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको बताएका छन ।

जिल्लाका नरहरिनाथ,पचालझरना,पलांता लगाएतका गाउँ पालिकामा प्रशासनिक भवन बन्ने क्रम शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित