पचालझरनामा ६ महिना देखि अबरुद्ध सिचाई कुलो संचालनमा

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका वार्ड न ९ काेटिलामा गत बर्षकाे पुस महिनाबाट अबरुद्ध भएको सिचाइ कुलाे सँचालनमा  आएको छ।

राष्ट्रिय गैारबकाे आयाेजनाका रूपमा रहेकाे रारा हुदै रामराेशन र खप्तड सम्मकाे पर्यटकीय हुलाकी राजमार्ग निर्माणका बेला पदाला भन्ने ठाउँमा ठेकेदारकाे लापरबाहीले सिचाइ कुलाे अबरुद्ध भएको थियोे ।

सडक निर्माणका क्रममा २ सय मिटर  उचाईमा  रहेको   सिचाइ कुलोका लागि जिल्ला सिचाइ कार्यालय कालीकोटबाट १सय ५० मिटर पाईप उपलब्ध गराएको र पचालझरना गाउँ पालिकाले प्राबिधिक खटाई २ महिना पहिला सर्वे डिजाइन गरेकोे थियो ।

सिचाइ कुलोका लागि माथिल्लो भिरमा फलामकाे रड गाडेर डाेरिकाे सहायताबाट पाइपलाई बाधेर  झुण्ड्याएर राखिएको  छ।

मान्छेलाई आवज जावत गर्न निक्कै कठिन भएकाले ज्यान जाेखिममा राखेर गाउँका युवा र वृद्धकाे सामुहिक पहलमा पानी गाउँमा आएकाे स्थानीय लक्षिन्द बहादुर शाहीले बताउनु भएको छ।

स्थानिय कृषकहरुले मुठ्ठी छरेर मानु लग्याउने बेला बैसाखमा राख्ने धानकाे बेर्ना समेत राख्न नपाएको बताउदै अगुवा कृषक सक्कल बहादुर शाहीले अब अषाढमा खेत रोप्न नपाए पनि साउनमा खेतबारीमा धान रोप्ने चाहाना पूरा हुने बताउनु  भएकाे छ। साे सडक खन्दा चाटेछहरा सामुदायिक बन र सर्का खानेपानीमा समेत क्षति भएकाे स्थानीयले बताएका  छन । तत्कालका लागि राहत भएपनी दीर्घकालीन योजनाको माग गरेका छ्न ।

केही समय अघि पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपानेले अनुगमन समेत गरेका थिए । अनुगमनका क्रममा अध्यक्ष सेजुवालले तत्कालका लागि बैकल्पिक व्यवस्था गर्ने र आगामी वर्ष योजनालाई व्यवस्थित गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित