बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले आक्रमण गर्दा थापाको मृत्यु

7
SHARES
15
VIEWS

बर्दिया। बर्दियामा पाटेबाघले आक्रमण गर्दा एकजनाको मृत्यु गएको छ । मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया थापालाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको बताइएको छ ।

खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जको सीमा बाहिर रहेको सामुदायिक वनमा सोमबार बाघले ती महिलालाई आक्रमण गरेको हो ।

बर्दियामा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रको जंगलमा रहेका बाघको आक्रमणबाट गएको साउन यता ११ जनाको ज्यान गइसकेको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशिम थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित