कालीकोट । रास्कोेट नगरपालिकालाई युनिसेफ नेपालले तिन लाख बराबरको स्वस्थ्य सामाग्रि सहयोग गरेको छ ।
आइसोलेसन तथा होमआइसोलेसनमा रहेका विरामीहरुलाई व्लांकेट, तथा अन्य स्वस्थ्य सामाग्रि सहयोग गरिएको बताइएको छ । युनिसेफ नेपालको क्षेत्रिय कार्यालय नेपालगंजले उक्त सामान पठाएकोमा आज रास्कोट नगरपालिकाले प्राप्त गरेको बताइएको छ ।
कोरोना रोकथामका लागि आवश्यक पर्ने कम्मल ५० वटा,थर्मोमिटर १०० पिस हाइजेनिक सिट, १०० पिफम,सेनिटाइजर,पियुस लगाएतको सामाग्रि रहेको रास्कोट नगरपालिकाका कार्यपालिका सदस्य तथा युनिसेफ नेपालका फोकल पर्सन मन तिरुवाले बताउनु भएको छ । वहाँका अनुसार सबै गरेर साढे तिन लाखको हाराहारीमा सामाग्रि रहेको छ ।
युनिेसफ नेपालले रास्कोटका उर्जा,खानेपानि तथा सरसफाईमा काम गर्दै आएको छ ।
गएको वर्ष पनि रास्कोट नगरपालिकामा युनिसेफ नेपालले स्वस्थ्य सामाग्रि, खाद्यन्न लगाएतको सहयोग गरेको थियो ।
Discussion about this post