पचालझरनाले आगामी वर्षका लागि सुझाव माग्दै,अषाढ ७ गते गाउँ सभा हुने

7
SHARES
15
VIEWS

कालीकोट । आर्थिक वर्ष २०७८।०७९का लागि पचालझरना गाउँ पालिकाले सुझाव संकलन गर्न शुरु गरेको छ ।

गएको वर्ष तयार गरेका योजनाहरु के कति कार्यन्वयन भए ? त्यसको समिक्षा गर्ने आगामी योजनाका लागि सुझाव संकलन गर्न शुरु गरेको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ ।

विगत वर्ष झैं यस वर्षमा गरिने कार्यक्रमका बारेमा वडा स्तर देखि गाउँ पालिकाका सरोकारवालाहरु संग अन्तरक्रिया गरेर सुझाव माग्ने तयारी रहेको बताइएको छ । पचालझरना गाउँ पालिकामा विगत देखि संचालनमा आएका बहुचर्चित तथा गौरवका आयोजनाहरुलाई निरन्तरता दिने गरी योजना अघि बढाउने बताइएको छ ।

पचालझरना गाउँ पालिकामा हाल संचालनमा आएका राष्टिय स्तरको रंगशाला,पचालझरनाको बेन्जिंग पुल,कोल्थे सिचाई कुलो,ग्रामिण कृषि सडक लगाएतका आयोजनाहरुलाई थप व्यवस्थित पार्दै अघि बढ्न लागिएको बताइएको छ ।

पचालझरना गाउँ पालिकामा आगामी वर्षका लागि संघिय सरकारको २६ करोड ७ लाख बजेट विनिनियोजन गरेको छ भने कर्नालि प्रदेश सरकारले सोही अनुसारको बजेट व्यवस्थापन गरेर अघि बढ्ने र गएको वर्षको तरलनामा यस वर्ष बजेट बढेर आउने अपेक्षा गरिएको छ ।

पचालझरना गाउँ पालिकामा कोरोना महामारीलाई केन्द्रित भएर स्वस्थ्य क्षेत्रमा जोड दिने बताइएको छ । पचालझरना गाउँ पालिकाको अषाढ ७ गते गाउँ सभाको तयारी गरिएको गाउँ पालिकाका प्रमुख प्रशासकिय प्रमुख शिब कुमार पौडेलले बताउनु भएको छ ।

त्यसका लागि संघिय र प्रदेशबाट आउने बजेटको अनुपातमा योजना तय गरिने वहाँको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित